मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु « Khabarhub

मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा आज दिउँसो स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकि राखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५-३० वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते भएका छन् । 

दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए। घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल पोखरा पठाइएको छ । 
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ०२ बजे

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्