घुस प्रकरणबारे मन्त्री अधिकारीको जवाफ- अरूले गरेको कुराकानी र लेनदेनमा मेरो संलग्नता छैन « Khabarhub

घुस प्रकरणबारे मन्त्री अधिकारीको जवाफ- अरूले गरेको कुराकानी र लेनदेनमा मेरो संलग्नता छैन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन दिनदेखि चर्चामा रहेको घुस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालयका प्रमुखको थमौतीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र विचौलियाबीचको संवादमा अधिकारीको समेत नाम आएको थियो ।

मन्त्री गुप्ताले उक्त प्रकरणमा अधिकारीले रकम लिइसकेको भन्दै अब उनले काम नगर्ने बताएका थिए । मन्त्री गुप्ता र बिचौलियाबीचको लेनदेनको अडियोमा उनीहरूकै विषय भन्दै अधिकारीले आफूलाई नजोड्न भनेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको कास्की जिल्ला अध्यक्ष नियुक्तिको विषयमा अरु कसैले लेनदेनको कुरा गरेको आधारमा आफूलाई मुछिएको गुनासो गरेका हुन् ।  

अधिकारीले हल्लाको आधारमा नभई तथ्यमा टेकेर सत्यको खोजी गर्न आग्रहसमेत गरेका छन् । भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको पनि उनले बताए ।  

उनले भूमिसम्बन्धी विधेयकलाई छिटो पारित गर्न आग्रहसमेत गरेका छन् । गुप्ता र अधिकारी घुस डिलमा मुछिएको भन्दै अहिले दुवैजनाको राजनीनामा संसद्देखि सडकसम्म माग्न थालिएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ३९ बजे

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

बेइजिङ– मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं– केही दिनयताको वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मंगलबारे– इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट