घुस प्रकरणबारे मन्त्री अधिकारीको जवाफ- अरूले गरेको कुराकानी र लेनदेनमा मेरो संलग्नता छैन | Khabarhub Khabarhub

घुस प्रकरणबारे मन्त्री अधिकारीको जवाफ- अरूले गरेको कुराकानी र लेनदेनमा मेरो संलग्नता छैन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले तीन दिनदेखि चर्चामा रहेको घुस प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

भूमि आयोग कास्कीका अध्यक्ष नियुक्ति र मालपोत कार्यालयका प्रमुखको थमौतीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र विचौलियाबीचको संवादमा अधिकारीको समेत नाम आएको थियो ।

मन्त्री गुप्ताले उक्त प्रकरणमा अधिकारीले रकम लिइसकेको भन्दै अब उनले काम नगर्ने बताएका थिए । मन्त्री गुप्ता र बिचौलियाबीचको लेनदेनको अडियोमा उनीहरूकै विषय भन्दै अधिकारीले आफूलाई नजोड्न भनेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले भूमि आयोगको कास्की जिल्ला अध्यक्ष नियुक्तिको विषयमा अरु कसैले लेनदेनको कुरा गरेको आधारमा आफूलाई मुछिएको गुनासो गरेका हुन् ।  

अधिकारीले हल्लाको आधारमा नभई तथ्यमा टेकेर सत्यको खोजी गर्न आग्रहसमेत गरेका छन् । भूमि आयोगका पदाधिकारी नियुक्तिमा घुसको डिल गरेको प्रमाण आए आफू कारबाही भोग्न तयार रहेको पनि उनले बताए ।  

उनले भूमिसम्बन्धी विधेयकलाई छिटो पारित गर्न आग्रहसमेत गरेका छन् । गुप्ता र अधिकारी घुस डिलमा मुछिएको भन्दै अहिले दुवैजनाको राजनीनामा संसद्देखि सडकसम्म माग्न थालिएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ३९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका