कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी « Khabarhub

कोशी उच्च बाँधमा राष्ट्रघात नगर्न ओली सरकारलाई भीम रावलको खबरदारी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले सुनसरीको चतरामा बनाउन लागेको भनिएको सप्तकोशी उच्च बाँध निरन्तर विवादमा पर्दै आएको छ ।

जोखिमपूर्ण भूगोलमा बनाउन सर्भेसमेत भइरहेको यो उच्च बाँधलाई लिएर स्थानीयबासीले पनि विरोध गरिरहेका छन् ।

बिहारको दु:खका रुपमा चिनिएको कोशीलाई तराईको सम्म भागमा नपुग्दै अग्लो बाँधले छेक्न खोजिएपछि दर्जनभन्दा बढी जिल्लामा यसको असर पर्ने सम्भावना छ ।

यही सन्दर्भमा मातृभूमि जागरण अभियान चलाइरहेका नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले उच्च बाँधलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गरेका छन् ।

कोशी नदीलाई तराईको समथर क्षेत्रमा अग्लो बाँधले नियन्त्रण गर्ने प्रयासबाट व्यापक असर पार्ने चेतावनी विज्ञहरूले दिँदै आएका छन्। बाँध निर्माण भएमा दर्जनभन्दा बढी नेपाली जिल्लामा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयस्तरमा विरोध प्रदर्शन पनि भएका छन्।

यही सन्दर्भमा मातृभूमि जागरण अभियान चलाइरहेका नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको तीव्र आलोचना गरेका छन् ।

उनले कोशी उच्च बाँधलाई लिएर सरकारले जनविरोधी निर्णय लिन सक्ने भन्दै सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका छन् ।

‘नेपालको हितमा नभएको भन्दै पञ्चायत कालदेखि नै रोकिँदै आएको कोशी उच्च बाँधको नाम फेरेर जनतालाई झुक्याएर अघि बढाउने प्रयास गरिँदैछ’, उनले भनेका छन्, ‘यसमा सरकार किन र कसको स्वार्थमा लागेको हो स्पष्ट हुनुपर्छ ।’

उनले प्रभावित क्षेत्रका जनताको विरोधलाई पूर्णतः जायज बताउँदै सरकारलाई चेतावनी दिएका छन् । ‘जनता र देशप्रति उत्तरदायी हुन सरकारले जनताको आवाज सुन्नुपर्छ। राष्ट्रिय हितमा कुठाराघात गर्नु हुँदैन’, उनले भनेका छन् ।

उक्त परियोजनाबारे हालसम्म औपचारिक सहमति सार्वजनिक भइसकेको छैन। तर, भारतले सर्भे अगाडि बढाउँदै आएको छ।

बाँध निर्माणले पर्यावरण, विस्थापन, बाढी नियन्त्रण र जल अधिकारको सवालमा दीर्घकालीन असर पार्ने भएकाले राष्ट्रिय बहस आवश्यक रहेको सरोकारवालाले बताइरहेका छन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर