करेन्ट लागेर दुई जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर दुई जनाको मृत्यु


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको नलगाड नगरपालिका-७ चामाखेत बस्ने २२ वर्षीय शिशिर चन्दको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

सोही नगरपालिका-४ गाडेखोलास्थित पोलमा चढि विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसतै नवलपरासी पूर्वको कावासोती नगरपालिका-२ डेरा गरी बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका-२ घर भएका ३५ वर्षीय सरोज थारूको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

कावासोती नगरपालिका-३ पुरानो कावासोतीस्थित निर्माणाधीन सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ३५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन