घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन « Khabarhub

घुसमा मुछिएका मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई एमालेबाटै दबाब, गौतम भन्छन्- ढिला गर्नु हुँदैन


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घुस लेनदेनका लागि विचौलियासँगको बार्गेनिङमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) बाटै दबाब परेको छ ।

उक्त प्रकरणमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न एमाले नेताहरूले प्रधानमन्त्रीलाई सुझाएका छन् । यस कुराको जानकारी एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सोमबार एक अन्तरक्रियामा दिएका हुन् ।

उनले घुस लेनदेन प्रकरणमा मुछिएका मन्त्रीहरूलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ढिला गर्न नहुने पनि बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा आयोजित ‘सरकारको एक वर्षे समीक्षा’ अन्तरक्रियालाई सम्बोधन गर्दै उनले विवादित मन्त्री हटाउन ढिला गर्न नहुने बताएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो काण्डमा प्रधानमन्त्री ओलीले तत्काल एक्सन लिने पनि उनले बताए ।

आफूहरूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए । गौतमले प्रधानमन्त्री ओलीले पनि मन्त्री गुप्तासँग भेटेर कुरा गरिसकेको जानकारी पत्रकारहरूलाई दिए ।

‘आज सुशासनको मुद्दा ओझेलमा पर्ने र मन्त्री नै भ्रष्टाचारको बार्गेनिङमा जोडिएका अडिओ सार्वजनिक हुने खालको परिस्थिति बन्यो । त्यसमा हाम्रो पार्टी गम्भीर छ’, उनले भने, ‘पार्टीले यसबारे गम्भीरतापूर्व सूचना राखेर पार्टी प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको छ । मलाई लाग्छ उहाँले पनि मन्त्रीलाई राखेर कुरा गरिसक्नु भएको छ ।’

गौतमले सरकारको यो मिसनमा काम गर्न नसक्ने, नेपालको संविधान, ऐन, कानुन र दिएको संस्थाको पनि गरिमा राख्न नसक्नेहरूलाई प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्ने परिस्थिति रहेको बताए । ‘त्यो हामीलाई अनुभूति भइरहेको छ’, उनले भने, ‘प्रधानमन्त्री त्यो दिशामा जानुहुन्छ ।’

उनले फरक प्रसंगमा प्रतिनिधिसभा र राष्ट्रय सभामा कांग्रेस–एमालेसहित दुईतिहाइ बहुमतको अवस्था नभइ संविधान संशोधन अगाडि नबढ्ने बताए ।

संसद्मा सरकारको दुई तिहाइ बहुमत पुगेको दिन राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधनको विषय अगाडि बढाइने जानकारी गौतमले दिए ।

‘संविधान संशोधनको प्रसंग र अहिलेको संवैधानिक प्रक्रियालाई हामीले बुझ्न जरूरी छ’, उनले भने,‘कानुनी र संवैधानिक प्रक्रियामा पनि संविधान संशोधन अघि बढाउन अहिलेको गठबन्धनसँग संसद्मा दुईतिहाइ बहुमत चाहिन्छ ।’

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ५१ बजे

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि

आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को

गृहमन्त्री अर्यालद्वारा विभिन्न जिल्लाका मतदानस्थलको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी र

प्रतिनिधिसभा निर्वाचन : आयोगको ‘कल सेन्टर’मार्फत चार हजार बढी जिज्ञासा सम्बोधन

काठमाडौं – निर्वाचन आयोगले आममतदाता तथा सरोकार भएकाहरूको निर्वाचनसँग सम्बन्धित

निर्वाचनलाई निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन

गण्डकी – गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा