आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू) « Khabarhub

आकाशे पुल हुँदाहुँदै सडकबाटै जोखिम मोलेर बाटो काट्दै (तस्बिरहरू)



काठमाडौं– पैदलयात्रुको सुरक्षाका लागि निर्माण गरिएका आकाशे पुल, अन्डरग्राउन्ड टनेल र जेब्राक्रसिङजस्ता संरचनाहरू हुँदाहुँदै पनि काठमाडौंमा धेरै मानिसहरू अझै पनि बीच सडकबाटै जोखिम मोलेर बाटो पार गरिरहेका छन् ।

यसरी बाटो पार गर्दा केवल आफ्नै ज्यान मात्र होइन, सवारी चालक, सवारी साधनका यात्रु तथा अन्य सडक प्रयोगकर्ताको सुरक्षामा समेत जोखिम उत्पन्न हुन्छ ।

तर मानिसहरू चाहे सचेत भएर होस् या बेखबर भएर, अझै पनि आकाशे पुल वा जेब्राक्रसिङ प्रयोग नगरी सिधै सडक पार गर्छन् ।

जस्तै, रत्नपार्कस्थित आकाशे पुल नचढेर दरबारमार्गबाट आइरहेका सवारी साधन केही बेर त्रिचन्द्र क्याम्पसअगाडि जेब्राक्रसिङको रातो बत्तीमा रोकिएपछि दौडिएर बाटो काट्ने दृश्य सामान्यजस्तै भइसकेको छ ।

यसरी हतार हतार सडक पार गर्दा रातो बत्ती हरियो भएपछि तीव्र गतिमा हुइँक्याउने सवारीले ठक्कर दिने जोखिम उच्च हुन्छ । केही मिनेटको दुरीमा रहेको आकाशे पुल वा जेब्राक्रसिङसम्म पुग्ने ‘आलस्य’ र ‘छिटो पार गर्ने हतार’ को कारणले मानिसहरू दिनहुँ यस्ता जोखिम मोलेर बाटो काटिरहेका छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालभर ३५ हजार ४०४ वटा सडक दुर्घटना भएका थिए। तीमध्ये २ हजार ३६९ जनाको ज्यान गुमाएको थियो । भने ६ हजार १६० जना गम्भीर घाइते र २५ हजार ९९६ जना सामान्य घाइते भएका थिए।

२०७९/८० को तथ्याङ्कअनुसार मात्र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा १० हजार ६७५ दुर्घटना भएका थिए, जसमध्ये ९ हजार ११४ वटा सहरी क्षेत्रमा भएका थिए । अर्थात्, ८५.३७ प्रतिशत दुर्घटना सहरी सडकमै हुने गरेका छन् ।

यी दुर्घटनाहरू विभिन्न कारणले भए पनि करिब ६४० दुर्घटनामा सवारी चालकको लापरबाही र बाटो काट्ने पैदल यात्रुहरूको बेवास्ता मुख्य कारण बनेको देखिन्छ ।

तीमध्ये केहीले अङ्गभङ्ग बेहोर्नुपरेको छ भने केहीले ज्यानै गुमाएका छन् । त्यसैले बाटो काट्दा जथाभाबी नगरी, सुरक्षित संरचना प्रयोग गर्दै सचेत भएर सडक प्रयोग गर्नु अत्यावश्यक देखिन्छ ।

हेर्नुहोस् तस्बिरहरु :

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ६ : १९ बजे

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौँ– पटक–पटक विद्युत् अवरुद्ध (ट्रिपिङ) हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत