अर्थसंक्षेप : बजेटप्रति प्रचण्डको आक्रोश, पुँजीगत खर्चको अवस्था दयनीय, मधेशको बजेट पारित र ३५ अंकले घट्यो बजार | Khabarhub Khabarhub

अर्थसंक्षेप : बजेटप्रति प्रचण्डको आक्रोश, पुँजीगत खर्चको अवस्था दयनीय, मधेशको बजेट पारित र ३५ अंकले घट्यो बजार


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

‘आम्दानीको स्रोतसम्बन्धी व्यवस्था लचिलो हुनुपर्छ, नत्र सचिवले पनि घर किन्न सक्दैनन्’

नेपाल राष्ट्र बैङ‍्कले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमा घर कर्जाको कारोबारमा थप सहज व्यवस्था गरेको छ । नीतिले घर कर्जाको लागि सीमा बढाइनेदेखि ‘लोन टु भ्याल्यू रेसियो’ मा समेत वृद्धि गरेको छ ।

तर घर–जग्गा क्षेत्रका व्यवसायीले भने घर–जग्गा खरिदका लागि देखाउनुपर्ने स्रोतसम्बन्धी थप व्यवस्था नहुँदासम्म आम मान्छेलाई घरजग्गा खरिद गर्न सहज अवस्था नरहेको बताएका छन् ।

अहिले देशैभरिका सहरी क्षेत्रमा घर घडेरीको मूल्य निकै उच्च छ । जसलाई खरिद गर्नको लागि उच्च स्तरका कर्मचारीले समेत स्रोत देखाउन सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् ।

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले खबरहबसँग कुरा भने- ‘मौद्रिक नीतिले घर–जग्गा व्यवसायीलाई केही सहज अवस्था बनाएको भए पनि कारोबार विस्तारका लागि भने स्रोत सम्बन्धी सहज व्यवस्था हुनुपर्छ ।’

प्रस्तुत छ, मौद्रिक नीतिले घरजग्गाको व्यापार विस्तार हुन्छ त ? भन्ने प्रश्नमा उनले दिएको जवाफ :

घर–जग्गा व्यवसाय नचल्दा सबै व्यवसाय सुस्ताएका थिए । अहिले आएको मौद्रिक नीतिले चल्यो भने सबै व्यवसाय चल्छ । मौद्रिक नीति नआएको भए असार मसान्तमा नै धेरै व्यवसायी धरासायी भइसकेका हुन्थे । सावाँ र ब्याज तिर्न नसकेर चार-पाँच वर्षदेखि गाह्रो अवस्था थियो, पुनर्तालिकीकरण भएको हुनाले अब ब्याज मात्रै तिर्दा पनि व्यवसायी बाँच्ने अवस्था भएको छ ।

एनआईसी एशिया बैंक र ई-स्टप नेपालबीच छुट सम्झौता

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

मधेश सरकारको बजेट सर्वसम्मत पारित

मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकलाई सदनमा रहेको प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि सञ्चालन भएको बैठकमा विनियोजन विधेयक २०८२ सर्वसम्मतले पारित भएको हो ।

अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा हुन्न भन्ने आवाज नसुनिएपछि सभामुख रामचन्द्र मण्डलले विनियोजन विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे ।

मधेस प्रदेशसभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा छ ।

बाँकी रहेको ६ दल जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा छ ।

मधेशमा बजेट विवाद : दुईथरी रेडबुक भेटिँदा सत्ता पक्षकै सांसदले गरे विरोध

३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब 

‘सिनो भइसकेको शेयर बजार र घरजग्गा कारोबारले अर्थतन्त्रलाई कहिँ लैजाँदैन’

गभर्नर डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकमा जानुअघि विभिन्न सामाजिक र राजनीति क्षेत्रमा सक्रिय रहेका वौद्धिक अर्थशास्त्रीका रूपमा परिचित भइसकेका व्यक्ति हुन् । बौद्धिक र राजनीतिक दुवै छवि बोकेका उनले शुक्रबार आगामी आर्थिक वर्षका लागि २४औँ मौद्रिक नीति ल्याए ।

अघिल्ला जस्तै यस पटकको मौद्रिक नीतिले पनि विश्वव्यापी र राष्ट्रिय आर्थिक स्थितिको व्याख्या गरेको छ । यसका साथै, वित्तीय र मौद्रिक क्षेत्रको अवस्था पनि तथ्यांक देखाएर अर्थतन्त्रबारे चर्चा गरिएको छ ।

ती तथ्यांकमध्ये सरकारले बजेटमार्फत् आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य तय गरेको कुरा पनि यसमा छ । तर यसै वर्ष पनि सरकारको पुँजीगत खर्चको अवस्था निकै कमजोर छ । चालु खर्च र वित्तीय व्यवस्थापन शीर्षकमा सरकारको व्ययभार प्रत्येक वर्ष बढ्दै गएको छ । तर, राजस्व आम्दानी र वैदेशिक सहायता लक्ष्यअनुसार प्राप्ति हुन छोडेको छ ।

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनि

बजेटबारे प्रचण्डको प्रश्न- जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ?

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट र आर्थिक नीतिको आलोचना गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सरकारको आगामी आर्थिक वर्षको बजेट र आर्थिक नीतिको आलोचना गरेका हुन् ।

अध्यक्ष प्रचण्डले बजेटलाई ‘संख्याको दम्भमा दोहन गरिएको दस्ताबेज’को संज्ञा दिँदै सरकारले लोकतान्त्रिक मूल्यको ‘सर्भिसिङ’ गर्ने अवसर गुमाएको आरोप लगाए । ‘यो गठबन्धन बन्दै गर्दा मेरो नेतृत्वको सरकारमाथि तपाईँहरूले पुँजीगत खर्च बढाउन नसकेको, सार्वजनिक ऋण बढेको आरोप लगाउनु भएको थियो,’ उनले प्रश्न गरे, ‘तर, आज के अवस्था छ ?’

प्रचण्डका अनुसार अहिले सार्वजनिक ऋण करिब २७ खर्ब पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३ प्रतिशत नाघ्न लागिसकेको छ । ‘अब ऋण तिर्न ऋण लिने प्रवृत्तिले देश कति दिन टिक्ने ?,’ उनले प्रश्न गरे

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न छलफलमा छौँ : पर्यटनमन्त्री

नारायणघाट–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख : मन्त्री दाहाल

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ११ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका