मधेसमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो « Khabarhub

मधेसमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ । विगत दुई महिनादेखि सो रोग मधेस प्रदेशमा फैलिँदै गएको होे ।
  
मधेस प्रदेशको पशुपन्छी विकास निर्देशनालय जनकपुरका अनुसार प्रदेशअन्तर्गतका जिल्ला तथा ग्रामीण क्षेत्रमा एक हजार ४१ पशुमा लम्पीस्किनको सङ्क्रमण फेला परेको छ । सो रोगबाट हालसम्म १५ वटा पशुचौपाया मरेका छन् । उक्त रोग लागेमा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा हुने  तथा अन्नपानी चारा एवं घाँस खान नखोज्ने लक्षण देखिन्छ ।
 
निर्देशनालयबाट प्राप्त विवरणअनुसार मधेस प्रदेशको सिरहामा ३७३, धनुषा जिल्लामा ३३०, सर्लाहीमा २५०, रौटहटा ७६ वटा पशुमा लम्पीस्किन भेटिएको छ । साथै उक्त रोगबाट धनुषामा सात, सर्लाहीमा चार तथा रौतहटमा चारवटा पशु मरेका छन् । रोगको पहिचान भएपछि सो सङ्क्रमण हुन नदिन खोप अभियान सुरु गरिएको निर्देशनालयका निर्देशक जागेश्वर यादवले जानकारी दिए ।
 
सो अभियानअन्तर्गत प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको जनाइएको छ । प्राप्त जानकारीअनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत खोप दिइएको छभने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ ।

 यो गाई तथा भैँसीमा देखिन एक विषाणुजन्य रोग हो । प्रदेशभरि खोप अभियान सञ्चालन गर्दै उच्च जोखिम भएका क्षेत्रहरूमा निःशुल्क खोप वितरण भइरहको यादवले बताए । 

रोग फैलाउने कीटाणु नियन्त्रणका लागि कीटनाशक औषधि समेत छर्किने गरिएको छ । साथै गोठ सफाइ, मलमूत्र व्यवस्थापन तथा जैविक सुरक्षाका उपाय अपनाउनका लागि किसानलाई प्रेरित गरिएको छ । गम्भीर अवस्थामा पशु चिकित्सक टोली खटाएर उपचार व्यवस्था गरिएको निर्देशक यादवको भनाइ छ । 
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ३९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको