कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो « Khabarhub

कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– कञ्चनजङ्घा पदमार्गमा पर्ने सिम्बुवा खोलाको झोलुङ्गे पुल बाढीले बगाएको छ ।

पदमार्ग अन्तर्गत तोरोङदिन भन्ने स्थानमा रहेको उक्त पुल बगाएको सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । उनका अनुसार पुल यही असार २८ गते रातिको बाढीले बगाएको अनुमान गरिएको छ ।

पुल बगाएपछि तत्कालका लागि कञ्चनजङ्घा साउथ बेसक्याम्प जाने बाटो अवरुद्ध भएको छ । याम्फुदिनबाट नयाँ झोरेनी, झण्डे डाँडा, तोरोङदिन हुँदै आधारशिविर पुगिन्छ । 

उक्त पुल तत्कालीन जिल्ला विकास समितिअन्तर्गत रहेको दुर्गम विकास समितिद्वारा निर्माण गरिएको थियो ।
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ४३ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु