सेवा प्रवाह प्रभावकारी नभएको गुनासो « Khabarhub

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरूको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरूले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताएका छन् । 

नेपाली कांग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरू आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताए। 

उनले भने, ‘सत्तामा रहेका राजननीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।’

उनले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकांक्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘राजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्‍यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।’ 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ५२ बजे

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा