मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो « Khabarhub

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक थप भएको म्याद सकिएको छ । तेस्रो पटक थप भएको म्याद यही असार २९ गते आइतबारदेखि सकिएको हो । 

पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.५ किलोमिटर खण्डमा चार लेनमा कालोपत्र भने सम्पन्न भइसकेको छ । कालोपत्रबाहेकका अन्य काम बाँकी रहेकाले केही समय म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस खण्डको हालसम्मको प्रगति ८६ प्रतिशत छ । 

उनले भने, ‘कालोपत्रको सबै काम सकिएको छ, दमौली बजारमा छ लेन र अन्य ठाउँमा चार लेनमा सडक कालोपत्र भएका छन् । अधिकांश ठाउँमा सडक रङरोगन पनि सकिएको छ । अब थोरै मात्र काम बाँकी रहेकाले केही समय म्याद थपका लागि पठाएका छौँ।’

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । सो कामको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको हो ।

 विसं २०२६ मा रेखांकन भएको यस सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।
 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ७ : ५५ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु