बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’ « Khabarhub

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण गर्दा कोलिफर्म भेटिएको जनाएको छ ।

शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहका १६४ वटा मुहानबाट नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट धर्मानन्द बडूले बताए ।

स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मुहानबाट नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो ।

सबैभन्दा धेरै पुर्चौडी नगरपालिकाका खानेपानीका मुहान दूषित रहेको पाइएको छ । ३२ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो । पाटनमा १३ मध्ये नौ, सिगासबाट १५ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा सात मुहानमा कोलिफर्म भेटिएको हो ।

त्यसैगरी दशरथचन्दमा चार मध्ये एक, दोगडाकेदारमा २१ मध्ये एक, डिलाशैैनीमा छ मध्ये एक, पञ्चेश्वरमा १६ मध्ये एक, मेलौलीमा ३७ मध्ये दुई र सुर्नयमा २० मध्ये एकमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा उक्त परिणाम प्राप्त भएको हो ।

खानेपानीका मुहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहानमा मिसिन गई दूषित हुने गरेको छ । उपभोक्तालाई स्वच्छ पानी पुर्याउन स्थानीय तहहरुलाई पनि खानेपानी सुरक्षा योजना लागू गर्न र मुहान तथा धाराहरु सफा गर्न सुझाव पठाइएको बडालले बताए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ४८ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको