बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’ « Khabarhub

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका नौ वटा स्थानीय तहका मुहानबाट जाँचका लागि नमूना पानी सङ्कलन गरी परीक्षण गर्दा कोलिफर्म भेटिएको जनाएको छ ।

शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहका १६४ वटा मुहानबाट नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट धर्मानन्द बडूले बताए ।

स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मुहानबाट नमूना सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो ।

सबैभन्दा धेरै पुर्चौडी नगरपालिकाका खानेपानीका मुहान दूषित रहेको पाइएको छ । ३२ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो । पाटनमा १३ मध्ये नौ, सिगासबाट १५ वटा नमूना सङ्कलन गरी परीक्षण गर्दा सात मुहानमा कोलिफर्म भेटिएको हो ।

त्यसैगरी दशरथचन्दमा चार मध्ये एक, दोगडाकेदारमा २१ मध्ये एक, डिलाशैैनीमा छ मध्ये एक, पञ्चेश्वरमा १६ मध्ये एक, मेलौलीमा ३७ मध्ये दुई र सुर्नयमा २० मध्ये एकमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना सङ्कलन गरी परीक्षण गर्दा उक्त परिणाम प्राप्त भएको हो ।

खानेपानीका मुहानको सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहानमा मिसिन गई दूषित हुने गरेको छ । उपभोक्तालाई स्वच्छ पानी पुर्याउन स्थानीय तहहरुलाई पनि खानेपानी सुरक्षा योजना लागू गर्न र मुहान तथा धाराहरु सफा गर्न सुझाव पठाइएको बडालले बताए ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ४८ बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी