प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल | Khabarhub Khabarhub

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् ।

यस्तै एमाले महासचिव शंकर पोखरेल, काँग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, एमालेका उपमहाचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र जसपाका नेता राजकिशोर यादव पनि बैठकमा सहभागी रहेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि गठबन्धनलाई बलियो बनाउन सो दलसँग छलफल गरेको हो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ९ : २१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका