पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी « Khabarhub

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु भईसकेको छ, जसमा ५३ बालबालिका पनि छन् । यो तथ्य सरकारी राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको छ ।

सबैभन्दा धेरै मृत्यु जनसंख्या अधिक रहेको पंजाब प्रान्तमा भएका छन् । राष्ट्रिय मौसम विभागले देशका उत्तरी र पूर्वी क्षेत्रहरूमा अझै भारी वर्षाको चेतावनी जारी गरेको छ । यसले शहरी बाढी, पहिरो र हावाहुरीबाट संरचनागत क्षति हुने सम्भावना छ ।

मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत भाग पु¥याउँछ । यो वर्षा भारतमा जून सुरुमा र पाकिस्तानमा जून अन्त्यतिर सुरु भएर सेप्टेम्बरसम्म रहन्छ । यसले कृषकहरूको जीवन र खाद्यान्न सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

तर यसले बाढी, पहिरो र भवन भत्काउने घटनाहरू पनि निम्त्याउँछ । विश्व तात्दै गएसँगै मनसुनको स्वरूपमा परिवर्तन हुँदैछ तर यसको प्रभाव कति छ भन्नेमा वैज्ञानिकहरू अझै अनिश्चित छन् ।

पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । सन् २०२२ मा पाकिस्तानमा आएको भयानक मनसुन बाढीले देशको तीन भाग डुबायो र एक हजार ७०० भन्दा बढी जनाको मृत्यु भयो। केही क्षेत्रहरू अझै पुनर्निर्माणको बाटोमा छन् । यस वर्ष मे महिनामा आएको कडा हावाहुरी र ओलाले कम्तीमा ३२ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : १५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको