भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव « Khabarhub

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार तेस्रो दिन ब्याटर हाबी भएका छन्। भारतले बनाएको ५४० रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्डले ४३९ रनको योगफल खडा गरेको छ।

सोमबार तेस्रो दिनको खेल सकिँदा भारतले ३ विकेटको क्षतिमा १२८ रन जोडेको छ। विस्फोटक ब्याटर वैभव सूर्यवंशीले टेस्टमा पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिएका छन्। उनले ४४ बलमा ५६ रन जोडे। उनलाई आर्की भौनले आउट गरे। भौनले १० ओभर बलिङ गरेर १४ रन खर्चेर तीन विकेट लिए।

यसअघि इङ्गल्यान्डको पारीमा चार ब्याट्सम्यानको अर्धशतक समावेश थियो। कप्तान हम्जा सेखले ८४, रकी फ्लिन्टफले ९३, एकांश सिंहले ५९ तथा राल्फी अल्बर्टले ५० रन जोडे। भारतका हेनिन पटेलले तीन विकेट लिए भने सूर्यवंशी र आरएस अम्बरिसले समान दुईदुई विकेट लिए।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : १९ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी