भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव « Khabarhub

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार तेस्रो दिन ब्याटर हाबी भएका छन्। भारतले बनाएको ५४० रनको जवाफमा ब्याटिङ गरेको इङ्गल्यान्डले ४३९ रनको योगफल खडा गरेको छ।

सोमबार तेस्रो दिनको खेल सकिँदा भारतले ३ विकेटको क्षतिमा १२८ रन जोडेको छ। विस्फोटक ब्याटर वैभव सूर्यवंशीले टेस्टमा पनि आक्रामक ब्याटिङलाई निरन्तरता दिएका छन्। उनले ४४ बलमा ५६ रन जोडे। उनलाई आर्की भौनले आउट गरे। भौनले १० ओभर बलिङ गरेर १४ रन खर्चेर तीन विकेट लिए।

यसअघि इङ्गल्यान्डको पारीमा चार ब्याट्सम्यानको अर्धशतक समावेश थियो। कप्तान हम्जा सेखले ८४, रकी फ्लिन्टफले ९३, एकांश सिंहले ५९ तथा राल्फी अल्बर्टले ५० रन जोडे। भारतका हेनिन पटेलले तीन विकेट लिए भने सूर्यवंशी र आरएस अम्बरिसले समान दुईदुई विकेट लिए।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : १९ बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र