बर्खास्त गर्नुपर्ने मन्त्रीको कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर कोइराला « Khabarhub

बर्खास्त गर्नुपर्ने मन्त्रीको कांग्रेस ‘साक्षी किनाराका सदर’ : शेखर कोइराला


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बर्खास्त गर्नुपर्ने मन्त्रीलाई मन्त्रिपरिषद बैठकमा सहभागी गराइएको प्रति आश्चर्य व्यक्त गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताप्रति सङ्केत गर्दै घुस काण्डका प्रमाण आइसक्दा पनि बर्खास्त हुनुको साटो प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रिपरिषदमा सहभागी भएको उल्लेख गर्दै आश्चर्य प्रकट गरेका हुन् । 

उनले उक्त प्रकरणमा आफ्नै दल नेपाली कांग्रेस साक्षी किनाराको सदर भएको उल्लेख गर्दै विपक्षीले पनि सदनमा कर्मकाण्डी राजीनामा मात्रै माग्ने गरेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘मन्त्रीक्वार्टरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद बैठकमा भाग लिन्छन् । सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ।’

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता यस प्रकरणमा मुछिएका छन् ।

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न २५ लाख रुपैयाँ घुसको डिल गरेको अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको छ ।

गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि मुछेका थिए तर त्यस विषयमा मन्त्री अधिकारीले सोमबारको प्रतिनिधिसभा बैठकमा स्पष्टीकरण दिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ४० बजे

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज

मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ– यहाँका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली