पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत | Khabarhub Khabarhub

पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पाँच वर्षमा द्विपक्षीय व्यापार २० अर्ब डलर पुर्‍याउन ब्राजिल र भारत सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्राजिल भ्रमणका क्रममा यस्तो सहमति भएको हो ।

भारतीय विदेश मन्त्रालयले आगामी ५ वर्षमा द्विपक्षीय व्यापारलाई २० अर्ब डलर पुर्‍याउन प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति लुला डा सिल्भा सहमत भएको जनाएको छ । यस्तै दुई मुलुकबीच व्यापार, लगानी, वाणिज्यजस्ता विषयको निगरानी गर्नका लागि मन्त्रीस्तरीय संयन्त्र निर्माण गर्ने विषयमा पनि सहमती भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भेटवार्ताका क्रममा दुई नेताबीच सुरक्षा, कृषि, खाद्य, ऊर्जा, जलवायु परिवर्तन, आर्टिफिसियल इन्टिलिजेन्सजस्ता विषयमा छलफल भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी ब्राजिल पुगेका हुन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग