घुस मागेको उजुरी परेपछि भक्तपुर मालपोतमा छिरेको थियो अख्तियार « Khabarhub

घुस मागेको उजुरी परेपछि भक्तपुर मालपोतमा छिरेको थियो अख्तियार


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोहीको नाममा जग्गाको पुर्जा बनाइदिने भन्दै घुस मागेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली टंगालबार मंगलबार दिउँसो भक्तपुरको च्यामासिङस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा स्टिङ अपरेशनका लागि छिर्‍यो ।

उजुरी परिसकेकाले सेवाग्राहीले घुसवापद् दिने ठूलो परिमाणको रकमको विवरणसमेत लिएर स्टिङ अपरेशनका लागि पुगेको अख्तियारको टोलीले भक्तपुर मालपोत कार्यालयमा प्रमुख कुमार आचार्यलाई नै पक्राउ गर्न सफल भयो ।

उनीसहित उक्त मालपोतमा कार्यरत तीनजना कर्मचारीलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले बताएका छन् ।

अख्तियारका प्रवक्ता पौडेलले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार चाँगुनारायण नगरपालिका क्षेत्रमा रहेको १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा पुर्जा बनाउने प्रयोजनका लागि उक्त रकम घुसस्वरुप मागिएको थियो ।

ठूलो परिमाणको रकम घुस मागिएपछि सेवाग्राहीको उजुरीका आधारमा अख्तियारको अनुसन्धान टोली स्टिङ अपरेशन गर्न खटिएको पौडेलले बताए ।

अख्तियारको टोली स्टिङ अपरेशनका लागि भूमिगत रुपमा खटिइसकेको अवस्थामा उक्त घुसवापदको रकम कार्यालय सहयोगी टीकाराम राउतले बुझिसकेको अवस्थामा समातिए ।

उनीसँगै घुसको डिल गरेका कार्यालय प्रमुख कुमार आचार्य र भूमिसुधार शाखाका नायब सुब्बा दीपक प्रसाद अधिकारी पनि पक्राउ परेका छन् । उनीहरूको साथबाट बरामद भएको २४ लाख ५० हजार रुपैयाँसहित तीनैजनालाई टंगाल हिरासतमा हाजिर गराइएको छ ।

तीनैजनामध्ये आचार्यको साथबाट दुई थान मोबाइल फोन र नायब सुब्बा अधिकारीको साथबाट एक थान मोबाइल फोन पनि अख्तिायरले बरामद गरेर ल्याएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ०४ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट