पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु | Khabarhub Khabarhub

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– यहाँको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको छ।

आज बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोविन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर मल्लले जानकारी दिए ।

दुवै जना रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएकामा समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका डिएसपी मल्लले बताए। 

ढुङ्गा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माको भनाइ छ । 
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ८ : ०२ बजे

अधिकांश वाणिज्य बैंकले घटाए मुद्दतीतर्फकाे ब्याजदर

काठमाडौं– अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ब्याजदर

१६८ छोरीलाई मुद्दती खाता उपहार

बागलुङ– बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमअन्तर्गत दुई वर्षमा १६८ जना

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !

कर्नाटक – भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक

टोटीखोलाको पुल जीर्ण, जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १० का स्थानीयवासी टोटीखोलाको जीर्ण पुलबाट

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा