क्यानमा चुनौती धेरै छ, सामना गर्दै अघि बढ्छु– चन्द « Khabarhub

क्यानमा चुनौती धेरै छ, सामना गर्दै अघि बढ्छु– चन्द



काठमाडौं– नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले जितसँगै चुनौती र जिम्मेवारी थप भएको बताएका छन् ।

शनिवार सम्पन्न क्यानको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै खबरहबसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष चन्दले जितबाट आफूधेरै उत्साही नभएको बताए ।

‘त्यति सारो उत्साहि हनुपर्ने अवस्था होइन’ नवनिर्वाचित अध्यक्ष चन्दले भने,‘चुनौती र जिम्मेवारी थप भएको छ त्यसअनुसार अघि बढ्छु ।’
उनले क्यानमा चुनौती धेरै भएको भन्दै यसलाई सामना गर्दै अघि बढ्ने बताए ।

‘चुनौती धेरै छ यसलाई सामना गर्ने र राम्रो गर्र्दै अघि बढ्ने हो’ उनले भने ।

मतदान अघि नै आफ्नो जीतबारे ढुक्क भएको उनको भनाइ थियो ।‘

विनय दाइ लड्दा ४२ आउँछ अरु लडे ५० प्लस आउँछ भन्ने थियो’ उनले भने,‘यो सर्बे भन्दा पनि मेरो मिहेनत थियो ।’

शनिवार सम्पन्न क्यानको निर्वाचनमा चन्दले अर्का अध्यक्षका उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेले १५ मत पाउँदा चन्दले ४४ मत पाएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ४ : ०३ बजे

 एमालेको महाधिवेशन : भोट हाल्न लाइन लाग्दै प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले