क्यानमा चुनौती धेरै छ, सामना गर्दै अघि बढ्छु– चन्द « Khabarhub

क्यानमा चुनौती धेरै छ, सामना गर्दै अघि बढ्छु– चन्द



काठमाडौं– नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले जितसँगै चुनौती र जिम्मेवारी थप भएको बताएका छन् ।

शनिवार सम्पन्न क्यानको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै खबरहबसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष चन्दले जितबाट आफूधेरै उत्साही नभएको बताए ।

‘त्यति सारो उत्साहि हनुपर्ने अवस्था होइन’ नवनिर्वाचित अध्यक्ष चन्दले भने,‘चुनौती र जिम्मेवारी थप भएको छ त्यसअनुसार अघि बढ्छु ।’
उनले क्यानमा चुनौती धेरै भएको भन्दै यसलाई सामना गर्दै अघि बढ्ने बताए ।

‘चुनौती धेरै छ यसलाई सामना गर्ने र राम्रो गर्र्दै अघि बढ्ने हो’ उनले भने ।

मतदान अघि नै आफ्नो जीतबारे ढुक्क भएको उनको भनाइ थियो ।‘

विनय दाइ लड्दा ४२ आउँछ अरु लडे ५० प्लस आउँछ भन्ने थियो’ उनले भने,‘यो सर्बे भन्दा पनि मेरो मिहेनत थियो ।’

शनिवार सम्पन्न क्यानको निर्वाचनमा चन्दले अर्का अध्यक्षका उम्मेदवार विनयराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेले १५ मत पाउँदा चन्दले ४४ मत पाएका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ४ : ०३ बजे

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री