श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी « Khabarhub

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ।

बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ७-० ले गोलअन्तरले पराजित गरेको हो। खेलको निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको खेलमा नेपालले पहिलो हाफमा पाँच गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो।

नेपालको जितमा मीनाले ह्याट्रिक गरिन्। उनले खेलको आठ, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। साथै पूर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक/एक गोल गरे।

जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।

खेलको आठौ मिनेटमै नेपालले अग्रता लियो। नेपालको लागि मीनाले सुरुवाती गोल गरिन्। त्यसपछि खेलको १३ औं मिनेटमा समीक्षाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

खेलको ४२ औं मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता बढाइन्। त्यसपछि पूर्णिमा एक्लैले पहिलो हाफमा दुई गोल थपिन्।

खेलको ७० औं मिनेटमा मीनाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सरिताले अर्को गोल थपिन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ३६ बजे

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै

विदेशमा लगानी गर्ने हो कि देशमा भन्दै अर्थमन्त्रीको ज्ञानमाथि प्रश्न उठाए शाहीले

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

विपन्न नागरिकको उपचारबापत विभिन्न अस्पताललाई २७ करोड ३७ लाखभन्दा बढी भुक्तानी

काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य

ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीलाई भने- एकपटक सरकारी अस्पतालमा लाइन लागेर उपचार गर्नुस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

पाकिस्तानमा पर्यटक बस दुर्घटना, दश जनाको मृत्यु, १३ घाइते

एजेन्सी– उत्तरी पाकिस्तानमा पर्यटक बस दुर्घटना हुँदा दश जनाको मृत्यु