जन्मोत्सव मनाउने क्रममा विवादमा यामल « Khabarhub

जन्मोत्सव मनाउने क्रममा विवादमा यामल


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा व्यक्तिलाई अनावश्यक रूपमा बोलाएर मनोरञ्जन गरेको आरोपमा स्टार फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने भएको छ।

बार्सिलोनाबाट ५० किलोमिटर ओलिभेलामा भाडामा बसेका यामलले मनोरञ्जनका लागि धेरै मानिस बोलाएका थिए। युट्युबर लगायत व्यक्ति उनको निमन्त्रणमा आएका थिए। सोही क्रममा होचा पुड्कालाई मनोरञ्जनको विषय बनाइनु यो २१ औं शताब्दीमा अमान्य भएको भन्दै एसोसिएसन अफ पिपुल विथ एन्थ्रोप्लाजिया एन्ड अदर स्केल्टल डाइस प्लासियास इन स्पेन (एडिइई)ले विरोध जनाएको छ।

सामाजिक मन्त्रालयले एडिइईको आवाजलाई कानुनी रूपमा नै दर्ता गरिएको जनाएको छ। अशक्तको अधिकार हनन भएको आरोपमा उनीमाथि मुद्दा नै दर्ता गरिएको छ।

एडिइईले घोषणाको रूपमा होचा पुड्कालाई मनोरञ्जनका लागि बोलाउनु स्टेरियोटाइपको सोचाइ भएको र भेदभावजन्य भन्दै कारबाहीको माग गरिएको हो।

यामलको पार्टीमा उपस्थित हुनेले भने आफूहरु माथि कुनै अनादर नभएको बताएका छन्। एक घण्टा मनोरञ्जन गरेर बिताएपछि पार्टी सञ्चालन भएको उनीहरूले बताएका छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : १९ बजे

बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

नेपालगन्ज– बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको

वन्यजन्तु सप्ताह : सचेतना र संरक्षणमा जोड

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह विभिन्न जनचेतनामूलक तथा प्रवर्द्धनात्मक

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ– सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत– पर्वतको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी

जहिलेसम्म ज्ञानको खाँचो भइरहन्छ पढ्नै पर्छ : साहित्यकार कृष्ण उदाशी

मोरङ– केही समयअघि प्रकाशित ‘पानीको पर्खाल’ कवितासङ्ग्रहका लेखक हुन्– साहित्यकार