जन्मोत्सव मनाउने क्रममा विवादमा यामल « Khabarhub

जन्मोत्सव मनाउने क्रममा विवादमा यामल


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा व्यक्तिलाई अनावश्यक रूपमा बोलाएर मनोरञ्जन गरेको आरोपमा स्टार फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने भएको छ।

बार्सिलोनाबाट ५० किलोमिटर ओलिभेलामा भाडामा बसेका यामलले मनोरञ्जनका लागि धेरै मानिस बोलाएका थिए। युट्युबर लगायत व्यक्ति उनको निमन्त्रणमा आएका थिए। सोही क्रममा होचा पुड्कालाई मनोरञ्जनको विषय बनाइनु यो २१ औं शताब्दीमा अमान्य भएको भन्दै एसोसिएसन अफ पिपुल विथ एन्थ्रोप्लाजिया एन्ड अदर स्केल्टल डाइस प्लासियास इन स्पेन (एडिइई)ले विरोध जनाएको छ।

सामाजिक मन्त्रालयले एडिइईको आवाजलाई कानुनी रूपमा नै दर्ता गरिएको जनाएको छ। अशक्तको अधिकार हनन भएको आरोपमा उनीमाथि मुद्दा नै दर्ता गरिएको छ।

एडिइईले घोषणाको रूपमा होचा पुड्कालाई मनोरञ्जनका लागि बोलाउनु स्टेरियोटाइपको सोचाइ भएको र भेदभावजन्य भन्दै कारबाहीको माग गरिएको हो।

यामलको पार्टीमा उपस्थित हुनेले भने आफूहरु माथि कुनै अनादर नभएको बताएका छन्। एक घण्टा मनोरञ्जन गरेर बिताएपछि पार्टी सञ्चालन भएको उनीहरूले बताएका छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : १९ बजे

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता