हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै « Khabarhub

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा सम्पन्न प्रहरी अस्पताल भवन निर्माण सुरु भएको छ ।

प्रदेश सरकारको आठ करोड तीन लाख ७१ हजार रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुने भएको हो । पहिलो चरणमा १५ शय्याको भवन निर्माणमा गरिने छ ।

भवन निर्माणको मङ्गलबार आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने शिलान्यास गरे ।

हेटौँडास्थित बागमती प्रदेश प्रहरी कार्यालयमार्फत सञ्चालन हुने अस्पताल भवनमा सबै किसिमका भौतिक पूर्वाधार एवं संरचना निर्माण गरिने मन्त्री लामिछानेले बताए । उक्त भवन आगामी २०८३ पुस १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : ४८ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी