उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर « Khabarhub

उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको संख्या पर्याप्त भएको तर व्यवस्थापनमा कमजोरी रहेको बताएका छन् ।

महानगर यातायात प्रालिद्वारा विद्युतीय बस सेवा शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष स्वाँरले सार्वजनिक यातायात प्रणालीको वर्तमान अवस्थाप्रति यस्तो बताएका हुन । 

स्वाँरले सार्वजनिक यातायात व्यवसायीले थोरै मार्जिन लिएर व्यवसाय सञ्चालन गर्नु पर्ने भएकाले गर्दा गर्दा यात्रुलाई पर्याप्त सुविधा दिन नसकेको बताए । 

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रममा स्वाँरले सरकारले सार्वजनिक यातायातको विषयमा ध्यान दिनुपर्ने बताए । 

महानगर यातायातले विद्युतीय सार्वजनिक सवारीको प्रवर्द्धनले प्रदूषण नियन्त्रणसँगै यात्रु सुविधामा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : ४० बजे

अमेरिका-इरान सम्झौता भाँड्ने प्रयासमा इजरायली प्रधानमन्त्री नेतन्याहू

जेरूसेलम- इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहू अमेरिका र इरानबीच भएको अन्तिम

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं– सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण

सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज