उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर « Khabarhub

उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनको संख्या पर्याप्त भएको तर व्यवस्थापनमा कमजोरी रहेको बताएका छन् ।

महानगर यातायात प्रालिद्वारा विद्युतीय बस सेवा शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष स्वाँरले सार्वजनिक यातायात प्रणालीको वर्तमान अवस्थाप्रति यस्तो बताएका हुन । 

स्वाँरले सार्वजनिक यातायात व्यवसायीले थोरै मार्जिन लिएर व्यवसाय सञ्चालन गर्नु पर्ने भएकाले गर्दा गर्दा यात्रुलाई पर्याप्त सुविधा दिन नसकेको बताए । 

 भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रममा स्वाँरले सरकारले सार्वजनिक यातायातको विषयमा ध्यान दिनुपर्ने बताए । 

महानगर यातायातले विद्युतीय सार्वजनिक सवारीको प्रवर्द्धनले प्रदूषण नियन्त्रणसँगै यात्रु सुविधामा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : ४० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम