महोत्तरी र सर्लाहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

महोत्तरी र सर्लाहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महोत्तरी र सर्लाहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

महोत्तरीको गौशाला नगरपालिका-३ नवराजपुरस्थित सडकमा ज.५ प ५०१४नम्बरको मोटरसाइकल र बीआर ०७ एजि ८१३२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्करखाई बुधबार बिहान दुर्घटना हुँदा ज.५ प ५०१४ नम्बरको मोटरसाइकलमा सवार भंगहा नगरपालिका-४ बस्ने ४० वर्षीया अमला देवी सरदार वातरको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु
भएको हो । 

साथै दुर्घटनामा घाइते भएका ज.५ प ५०१४ नम्बरको मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि बर्दिबासतर्फ पठाइएको छ । 

प्रहरीले हाल फरार बीआर ०७ एजी ८१३२ नम्बरको मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।

त्यसतै, सर्लाहीको कविलासी नगरपालिका-१० पिडार चोकस्थित सडकमा कविलासीबाट मलंगवातर्फ जाँदै गरेको प्र.२-०३-०१४ प १२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि जनकपुरतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ५ : ४२ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका