रामेछापका एसईई उत्तीर्ण विद्यार्थीलाई १ लाख ४५ नगद पुरस्कार  | Khabarhub Khabarhub

रामेछापका एसईई उत्तीर्ण विद्यार्थीलाई १ लाख ४५ नगद पुरस्कार 


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछाप जिल्लाको रामेछाप नगरपालिका –४ हिमागंगामा  रहेको श्री रेणुका देवी माविका १९ जना एसईई उत्तीर्ण विद्यार्थीलाई १ लाख ४५ नगद पुरस्कार वितरण गरिएको छ । विभिन्न व्यक्ति र संस्थाले २०८१ मा उक्त विद्यालयबाट एसईई उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक हिम कुमार श्रेष्ठले जानकारी दिए ।

हाल अमेरिकामा रहेको प्रदिप श्रेष्ठले एसईई उत्तीर्ण विद्यार्थीलाई जनही ५ हजारका दरले १९ जना विद्यार्थीलाई प्रोत्साहन स्वरूप ९५ हजार र सम्मान पत्र वितरण गरेको जानकारी दिए । श्रेष्ठ उक्त विद्यालयको पूर्व विद्यार्थीसमेत हुन् । 

विद्यालयले मंगलबार एक समारोह आयोजना गरेर हिमको हजुरबा देविदास नेवार हजुरआमा सेती माया नेवारको हातबाट नगद पुरस्कार र सम्मान पत्र वितरण गरिएका हो । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रत्न नेवार, अभिभावक समितिका अध्यक्ष मेघराज श्रेष्ठ लगायत अन्य अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

सबैभन्दा बढी जिपिए ल्याउनेलाई ५ हजार दोस्रोलाई ४ हजार र तेस्रो जीपिए ल्याउनेलाई ३ हजार नगद पुरस्कार दिए । त्यस्तै अन्य उत्तीर्ण विद्यार्थीलाई जनही १ हजार नगद पुरस्कार दिए । 

यस्तै भेषराज स्मृति नव परिवर्तनशील संस्थाले पनि विद्यार्थीलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार वितरण गरे । संस्थाको तर्फबाट  सबैभन्दा बढी जिपिए ल्याउनेलाई २ हजार दोस्रोलाई १ हजार ५ सय र तेस्रो अंक ल्याउनेलाई १ हजार पुरस्कार दिए । संस्थाले बाँकी उत्तीर्ण विद्यार्थीहरूलाई  जनही ५ सयको दरले १२ हजार ५ सय पुरस्कार वितरण गरे।

विद्यालयले सञ्चालन गरेको रेणुका देवी मावि जन्म उत्सव कोषबाट सबै विद्यार्थीहरूलाई ५ सयको दरले ९ हजार ५ सय पुरस्कार वितरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक हिम कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ६ : ०० बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको