कुकुरले टोके के गर्ने ? यस्तो छ उपचार « Khabarhub

कुकुरले टोके के गर्ने ? यस्तो छ उपचार


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरमा कुकुर पाल्नु भएको छ भने अवश्य पनि तपाईले रेविज विरुद्धको खोप कुकुरलाई लगाउनु भएको होला ।

यदी लगाउनु भएको छैन भने लगाइहाल्नुहोस् । अन्यथा कुकुरले परिवारका सदस्य वा घरमा आएका व्यक्तिलाई टोक्यो भने रेविज लाग्ने खतरा रहन्छ ।

शहर बजारमा भुस्याहा कुकुरको संख्या निकै छ । जसका कारण कुकुरदेखि सावधान बन्न जरुरी छ । यदी कुकुरले टोक्यो भन्ने तत्कालै अस्पताल जान आवश्यक हुन्छ । यदी कुकुरमा रेविज लागेको रहेछ भने त्यो मानिसमा सर्ने जोखिम रहन्छ ।

रेबिज रोग लाइसा स्नायु नसामा प्रभाव पार्ने आरएनए भाइसरले गर्दा लाग्ने गर्छ । यो भाईरस संक्रमित जनावरको र्‍यालबाट घाउको बाटो हुँदै मानिसको शरीरभित्र प्रवेश गर्छ । जुन विस्तारै स्नायुको नसाको माध्यमबाट मस्तिष्कसम्म पुग्छ ।

रेबिज रोगको लक्षण

–पानी र हावादेखि डराउने,

–अत्याधिक उत्तेजित व्यवहार गर्ने,

–घाउ भएको स्थानमा दुख्ने,

–ज्वरो आउने,

रेबिजबाट बच्ने उपाय

–घरपालुवा जनावरलाई रेबिज विरुद्धको सुइ लगाउने,

–सामुदायीक कुकुरलाई नजिस्काउने,

–कुनै पनि शंकास्पद जनावरको सम्पर्कमा आएपनि वा त्यसले टोकेमा तुरुन्त विशेषज्ञ चिकित्साको परामर्श तथा उपचार लिने ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ४१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार