माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु  « Khabarhub

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए ।

उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : १८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार