बाढीका कारण भारतमा ४४ जनाको मृत्यु | Khabarhub Khabarhub

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतमा आएको बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

भारतीय अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन् । देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो ।

गत २४ देखि ४८ घण्टासम्मको अवधिमा अत्यधिक वर्षा भएको र नदी किनारका क्षेत्रमा बढी असर गरेको अधिकारीहरुको भनाइ छ ।

“गएरातिसम्ममा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि भएको छ, सरकारी अधिकारीहरुले खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन्”, प्रकोप व्यवस्थापन प्रदेश कार्यालयका उपाध्यक्ष रवीन्द्र प्रताप साहीले एएफपीसँग भने । उनले बाढीबाट प्रभावित हजारौँ स्थानीय बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको र शरणार्थी शिविरहरुमा राखिएको पनि जानकारी दिए ।

प्रभावित क्षेत्रमा अरु ४८ घण्टासम्म पनि भीषण वर्षा हुने अनुमान गरिएको मौसमविद्हरुले जनाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ४५ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन