सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् पदभार ग्रहण « Khabarhub

सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् पदभार ग्रहण


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पदभार ग्रहण गरेकी छन्।

बुधबार अपरान्ह शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी साँझ सिंहदरबार पुगेर पदभार ग्रहण गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बनेकी न्यौपानेलाई बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका थिए ।

राष्ट्रिय सभाकी सदस्य उनी अबको फागुनसम्म मन्त्री पदमा रहने निश्चित छ ।

तत्कालीन मन्त्री राजकुमार गुप्ता पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउन बनाइएको घुस प्रकरणमा मुछिएपछि मंगलबार राजीनामा दिन बाध्य भएका थिए ।

उनी पदमुक्त भएसँगै न्यौपानेलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ७ : ५७ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा