अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपाका कार्यकर्तालाई दिए क्षमा « Khabarhub

अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपाका कार्यकर्तालाई दिए क्षमा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूमाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्तालाई क्षमा दिएका छन् ।

उनले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षबाट बहस गरेका थिए । रास्वपाका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस सकिएर आदेश आउने क्रममा काठमाण्डौ जिल्ला अदातल गेटमा माघ ३ गते उनीमाथि आक्रमण भएको थियो ।

थुनछेक बहस सकाएर निस्कने क्रममा अदालत परिसरमा जम्मा भएका समर्थकहरूले अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘म माथि संघातिक आक्रमण गर्ने प्रतिवादीहरू अरुबाट संचालित एव परिचालित पात्रहरू हुन् । प्रतिवादीहरू दिग्भ्रमित पारिएका व्यक्तिहरू हुन् । साथै, आफ्नो विवेक शक्ति गुमाएर आफ्नो नागरिक कर्तव्य समेत बिर्सिएका व्यक्तिहरू भएकाले माफ गर्दिए ।’

त्रिपाठीले माफि दिएपछि एक महिलासहित चार जना प्रतिवादीहरू बुधबार आज काठमाण्डौ जिल्ला अदालतबाट सफाई पाएका छन् ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ३९ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने