उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार | Khabarhub Khabarhub

उच्च अदालत पोखराको मुद्दा फर्छ्यौटमा सुधार


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी – सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता दिएको छ ।

उच्च अदालतको आँकडाअनुसार मुद्दा फर्छ्यौटको दर यस वर्ष वृद्धि भएको हो । गत आवमा अदालतमा रहेका कूल तीन हजार ४८८ मुद्दामध्ये एक हजार ८९८ अर्थात् जम्मा ५४.४१ प्रतिशत मुद्दा फर्छ्यौट भएकामा यस आवमा मुद्दा फर्छ्यौटको दर ७८.०७ प्रतिशत पुगेको छ ।

यस वर्ष अदालतमा रहेका कूल तीन हजार ४२० मुद्दामध्ये दुई हजार ६७० मुद्दा फर्छ्यौट भएको अदालतका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिए । फछ्र्यौट हुन बाँकी मुद्दाको सङ्ख्या ७५० रहेको छ ।

गत आवमा १८ महिना नाघेका मुद्दा १२ रहेकामा चालु आवमा त्यस्ता मुद्दाको सङ्ख्या शून्यमा झरेको रजिष्ट्रार अधिकारीले बताउनुभयो । बर्सेनि पुराना मुद्दाको सङ्ख्या घटेको उनको भनाइ छ ।

अदालतमा आव २०७७/०७८ मा १२१, २०७८/०७९ मा ६३ र २०७९/०८० मा १७ मुद्दा १८ महिना नाघेका थिए । फर्छ्यौट हुन बाँकी ७५० मुद्दामध्ये सरल प्रकृतिका ५३४, सामान्य प्रकृतिका १८६ र विशेष प्रकृतिका ३० मुद्दा रहेको रजिष्ट्रार अधिकारीले जानकारी दिए ।

सर्वोच्च अदालतको ६५ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य तोके पनि त्योभन्दा बढी ७८.०७ प्रतिशत मुद्दा फर्छ्यौट भएको उनको भनाइ छ ।

उच्च अदालतका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले छरितो र चुस्त कार्यसम्पादनका कारण मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार आएको बताए। सीमित स्रोतसाधनका बाबजुद न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै न्यायमा सबैको पहुँच अभिवृद्धिका लागि आफूहरु लागिपरेको मुख्य न्यायाधीश डा बागचन्दले बताए।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ४९ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन