पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत « Khabarhub

पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा हुन्ः प्रधानन्यायाधीश राउत


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पुराना कानुनी दस्तावेज ऐतिहासिक सम्पदा भएको बताएका छन् ।

सर्वोच्च अदालतको सम्पादन तथा प्रकाशन समितिद्वारा आज आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क) ‘प्रधानन्यायालय, २०१०’ विमोचन गर्दै उनले भने, “आधुनिक न्यायप्रणाली गर्विलो र समृद्ध बनाउन जरुरी छ, पुराना मुद्दाको फैसला खोजीगरी सङ्ग्रह गर्ने कामको सुरुवात भएको छ, यसले निन्तरता पाउनुपर्छ ।”

उनले विगतमा न्यायिक चेतनास्तरका बारेमा अध्ययन गरी तयार गरेर राख्दा कानुनको अध्येता, विश्वविद्यालय र कानुनका विद्यार्थीका लागि उपयोगी भएको बताए । सर्वोच्च अदालतका न्यायाधीश तथा सम्पादन तथा प्रकाशन समितिका प्रमुख हरिप्रयास फुयाँलले कानुनी इतिहास नेपालको कानुनी इतिहासको मूल आधार भएको बताए।

“भारतमा मुगल आउनुअघि नेपालको कानुनी इतिहासको जानकारी छैन, पुराना कानुनी मूल्यमान्यता जरुरी छ”, उनले भने, “नेपालको कानुनी इतिहासका दस्तावेजहरु सबै जर्गेना गर्न जरुरी छ ।” विसं २०११ र विसं २०१२/०१३ सम्मको प्रकाशन चैतसम्मसक्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यसैबीच सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दा टुङ्गिएको जानकारी दिइएको छ । आव २०८०/०८१ मा मुद्दाहरुको लगत ४१ हजार २३८ भएकामा १५ हजार ५५२ (३७.६४ प्रतिशत) फर्छ्यौट भएको थियो । यस आवमा कूल मुद्दाको लगत ४० हजार ७४० मध्ये १६ हजार ६०१ (४०.७५ प्रतिशत) फर्छ्यौट भई २४ हजार १३९ मुद्दा फर्छ्यौट हुन बाँकी छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ८ : ५८ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप