मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक « Khabarhub

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्नुमा स्थानीय प्रशासनले रोक लगाएको छ । मार्फास्थित राजखोला छेउका सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्र्दै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको हो ।

मार्फास्थित राजखोलामा खोला अतिक्रमण गरी स्याउखेती सुरू गर्न थालिएको समाचार स्थानीय सञ्चार माध्यमबाट प्रशारण भएको र केही व्यक्तिबाट गोप्य उजुरी परेकाले रोक लगाइएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।

मुस्ताङका प्रजिअ भुसालले त्यहाँको सार्वजनिक जग्गामा स्याउ बिरुवा रोप्ने व्यक्ति र संस्थालाई त्यहाँको जग्गासम्बन्धी आवश्यक कागजात लिएर आउनसमेत आग्रह गरिएको बताए ।

पछिल्लो समय उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउ खेतीतर्फ यहाँको किसानको आर्कषण बढेको छ । बिरुवा रोप्ने गरेको दोस्रो वर्षमै फलदिने भएकाले यहाँ हाइब्रिड खेती गर्ने प्रचलन बढेको हो । यसैका खातिर मुस्ताङका गाउँगाउँमा आफूखुसी गाउँले मिलेर सार्वजनिक जग्गा अतिक्रमण गरी स्याउ खेती गर्ने होडबाजिनै चलेको छ ।

त्यसो त मुस्ताङको मार्फा मात्रै हाइन ,जिल्लाका पाँच वटै स्थानीय तहमा सार्वजनिक जग्गा अतिक्रमण भइरहेको पाइएको छ । यहाँको कूल क्षेत्रफलको दुई प्रतिशत जमिन मात्रै नापी भएकाले यहाँका सार्वजनिक जग्गा प्रयोगविहीन छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को कार्यविधि मापदण्डअनुसार यहाँको सरकारी सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको हो ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ९ : १३ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर– भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासि दुई