पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर « Khabarhub

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको छ । छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ ।

वर्षौँ सम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो । २०७२ सालमा मन्दिर संरक्षणका लागि समिति गठन गरिएसँगै यसको पुनर्निर्माण सुरु गरिएको हो । आनन्दलाल श्रेष्ठको अध्यक्षतामा गठित समितिले मन्दिर संरक्षण सुरु गरी सोही वर्ष शिव महापुराणको आयोजना गरेर करिब रु १९ लाख सङ्कलन गरेको थियो ।

सो रकमबाट पर्खाल, होमकुण्डको, मन्दिरको अगाडि ढुङ्गा विछ्याउने कार्य, चौतारा निर्माण, ट्रष्ट स्थापनालगायतका काम सम्पन्न भएका छन् । यी संरचनाले मन्दिरको धार्मिक र भौतिकस्वरूप परिवर्तन भएको छ । समितिले विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा थप संरचना निर्माण गरिरहेको छ ।

२०७८ सालदेखि मन्दिर तथा पौवाको संरक्षण पुरातत्वक विभागसँग समन्वय गरेर अगाडि बढाइएको छ । त्यसयता पुरातत्वविभागले पुनर्निर्माण, मर्मत तथा संरक्षणमा आवश्यक प्राविधिक र आंशिक आर्थिक सहयोग गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताए।

मन्दिरमा हाल दैनिक नित्य पूजा–आरती हुँदै आएको छ । हालै प्रदेश सरकारले धार्मिक क्षेत्रमा रु २१ करोड विनियोजन गरे पनि बरेटार शिवमन्दिरको नाममा बजेट नदिएको समितिको गुनासो छ । “धेरै स्थानमा साना संरचनाका लागि बजेट गयो, तर यहाँको ऐतिहासिक मन्दिर सरकारको नजरबाटै ओझेलमा प(यो,” अध्यक्ष श्रेष्ठले भने ।

यस मन्दिरलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि पूर्वाधार निर्माण, सरसफाइ, सञ्चार सुविधा तथा सांस्कृतिक कार्यक्रमको आयोजना आवश्यक देखिन्छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १० : ४२ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र