जनताको निराशालाई चिर्ने आशा कांग्रेसले ल्याउनु पर्छ– नेता पौडेल | Khabarhub Khabarhub

जनताको निराशालाई चिर्ने आशा कांग्रेसले ल्याउनु पर्छ– नेता पौडेल


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उर्जा बलियो आधार भएको बताएका छन् ।

‘तनहुँ–काठमाडौँ इन्टल्याक्च्युअल डेमोक्रेटिक सोसाइटी नेपाल’द्वारा शनिवार राजधानीमा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले जनतामा आशा जगाउने गरी मुलुक निर्माणको खाकासहित अघि बढ्नुपर्ने बताए ।
“कांग्रेसले जनताको निराशा र अन्योललाई चिर्न आशा जगाउने कार्यक्रम ल्याउनु पर्छ”,उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लोकतन्त्रमा हारजित स्वभाविक भए पनि कांग्रेसले विगतको निर्वाचन किन हार्‍यो भन्ने कुराको लेखाजोखा र विश्लेष्ण गनुपर्ने बताए।

संविधानसभा सदस्य रमचन्द्र पोख्रेलले कांग्रेसले बुद्धिजिवीहरुलाई कार्यकर्ताको रुपमा नभइ चिन्तक र विश्लेषकका रुपमा व्यवहार गरी उहाँहरुका सुझावलाई लिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ११ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित