जनताको निराशालाई चिर्ने आशा कांग्रेसले ल्याउनु पर्छ– नेता पौडेल « Khabarhub

जनताको निराशालाई चिर्ने आशा कांग्रेसले ल्याउनु पर्छ– नेता पौडेल


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उर्जा बलियो आधार भएको बताएका छन् ।

‘तनहुँ–काठमाडौँ इन्टल्याक्च्युअल डेमोक्रेटिक सोसाइटी नेपाल’द्वारा शनिवार राजधानीमा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले जनतामा आशा जगाउने गरी मुलुक निर्माणको खाकासहित अघि बढ्नुपर्ने बताए ।
“कांग्रेसले जनताको निराशा र अन्योललाई चिर्न आशा जगाउने कार्यक्रम ल्याउनु पर्छ”,उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लोकतन्त्रमा हारजित स्वभाविक भए पनि कांग्रेसले विगतको निर्वाचन किन हार्‍यो भन्ने कुराको लेखाजोखा र विश्लेष्ण गनुपर्ने बताए।

संविधानसभा सदस्य रमचन्द्र पोख्रेलले कांग्रेसले बुद्धिजिवीहरुलाई कार्यकर्ताको रुपमा नभइ चिन्तक र विश्लेषकका रुपमा व्यवहार गरी उहाँहरुका सुझावलाई लिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : ११ बजे

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई