एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउन छलफल, अध्यक्षलाई अझै शक्तिशाली बनाउने तयारी « Khabarhub

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउन छलफल, अध्यक्षलाई अझै शक्तिशाली बनाउने तयारी


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनसंगठनहरूमा जस्तै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी थालेको छ।

उक्त पद हटाउने गरि बिहीबार च्यासलमा बस्न लागेको सचिवालय बैठक ठोस प्रस्ताव लगिने भएको छ । एमालेका एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार हाल ईश्वर पोखरेलले जिम्मेवारी लिइरहेको वरिष्ठ उपाध्यक्ष पद भदौ २०-२० मा हुने विधान महाधिवेशनबाट हटाउने गरि प्रस्ताव लैजान लागिएको हो ।

त्यसकै लागि बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्तावका खाका प्रस्तुत गर्दैछन् । उता अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिवले शंकर पोखरेलले विधान महाधिवेशनमा पेश गर्न तयार गरिएको सांगठनिक प्रतिवेदनको खाका पेश गर्ने तयारी छ ।

पार्टीको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्ने निर्णय एमालेले यसअघि नै गरिसकेको छ । गत असार १४ गते मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीको कडा शब्दमा आलोचना गरेका थिए ।

संयोगवश, उनले ओलीको आलोचना गरेको एक महिना पनि नबित्दै एमालेले जनसंगठनमा पनि वरिष्ठ उपाध्यक्ष नराखिएकाले अब पार्टीमा पनि त्यही कार्यान्वयनको योजना ल्याउन लागेको हो ।

विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । तीनवटै प्रस्तावलाई बिहीबारको सचिवालय बैठकबाट अघि बढाएर एमालेले पोलिटब्युरो र केन्द्रीय कमिटीबाट पास गर्दै विधान महाधिवेशनमा लैजानेछ ।

सचिवालय बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए। यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो । त्यसको तीन दिनपछि भएको मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा पोखरेलले ओलीलाई घेरेका थिए ।

पोखरेलले गरेको आलोचना सेलाउन नपाउँदै आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरीको सनराइज हलमा हुने विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी एमालेले गरेको हो ।

यदि ७० वर्षे उमेर हद हटेको अवस्थामा एघारौँ महाधिवेशनमा पनि वरिष्ठ उपाध्यक्षमा पोखरेल दोहोरिन सक्ने करिब निश्चित छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूलाई सहयोगभन्दा धेरै आलोचना र चुनौती दिएपछि ओलीले उक्त पद हटाएर अब उपाध्यक्ष मात्रै राख्ने योजना ल्याएका हुन् ।

यस्तोमा एमालेले वरिष्ठ उपाध्यक्ष पद नै नराख्ने तथा महासचिवले प्रयोग गर्दै आएको अधिकार पनि अध्यक्षमा पठाउने तयारीसहित विधान संशोधन प्रस्ताव अघि बढाउन लागेको हो ।

एमालेका एक पदाधिकारीले यसबारेमा आफूलाई अनौपचारिक जानकारी आए पनि बैठकमै ठोस छलफल हुने जानकारी दिए ।

एमालेभित्र अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनसँगै ७० वर्षे उमेर हद र २ वर्षे कार्यकालले तनाव बढेको छ ।

विधान महाधिवेशनमा ७० वर्षे उमेर हद सबैभन्दा चर्को बहसको विषय बन्न सक्छ । अर्कातिर अध्यक्षको २ वर्षे कार्यकाल पनि पेचिलो विषय छ । ओली यी दुवै कुरा हटाएर आफूलाई ११ औँ महाधिवेशनमा पनि अगाडि लैजाने योजनामा देखिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  १ : ३५ बजे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर- सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा एक हजार ४६०

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

काठमाडौं- सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा

हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि

हुम्ला- हिमाली जिल्ला हुम्लामा पहिलो पटक डेङ्गु सङ्क्रमण पुष्टि भएको