ठेकेदार भागेपछि बाजुराको ठुलीसाँघुमा काठेपुल बनाइयो | Khabarhub Khabarhub

ठेकेदार भागेपछि बाजुराको ठुलीसाँघुमा काठेपुल बनाइयो

यात्रुहरूलाई यात्रा गर्न सहज 


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुराको सदरमुकाम मार्तडी पुग्न वाउली खोली पार गरेरै आउनुपर्छ । कोल्टी क्षेत्रका चार वटा स्थानीय तहले होस्, की बडीमालिका नगरपालिकाका १, २ र ३ सहित गौमुल र खप्तड छेडेदह गाउँपालिकाबाट आउनेहरूले पनि वाउली खोला पार गर्नै पर्छ । तर दुवै तिरबाट आउनेका लागि बर्षादमा पुल वा साँघु त्यो बाहेक अर्को विकल्प छैन ।

वाउलीमा पनि पुल निर्माणको ठेक्का परेको चार वर्ष बितिसक्यो भने, ठूलीसाँघुस्थित वाउली खोलामा पनि तीन वर्ष बितिसकेको छ । तर दुवै तिरका ठेकेदार निर्माण कार्य अलपत्र पारेर फरार छन् । कोल्टी क्षेत्रबाट आउनेहरूका लागि पुरानै पुल छ । आउन जान सहज नै भइरहेको छ । 

तर ठुलीसाँघुको पुल भत्काएर नयाँ निर्माणको जिम्मा लिएको ठेकेदार फरार भएपछि आवत-जावत नै ठप्प बन्यो । आउने जाने यात्रुहरूका लागिसमेत वाउली खोलाको जोखिम पूर्ण यात्रा बाहेक अर्को विकल्प रहेछ । प्रहरी प्रशासन देखि राजनीति दल सबै ठेकेदार खोज्न र निर्माण गर्न दबाबमै लागे, तर ३ महिनादेखि ठेकेदार सम्पर्कमा आएका छैनन् । 

असारसम्म वारपारका लागि काठेपुल नै भए पनि निर्माण गर्ने र पक्की पुल आगामी वर्षभित्र बनाइसक्ने बचनसहित भएको पुल भत्काएर डिकोवल बिल्डर्स प्रा.लि.टंगालका प्रमुख सहित कोही प्रतिनिधि पनि सम्पर्कमा छैनन् ।

कम्पनीले नै अलपत्र अवस्थामा छोडेर गएको पुलमा काठे साँघु निर्माण गरिएको छ । बडीमालिका नगरपालिकाले आफ्नै पहलमा काठेसाँघु निर्माण गरेको पालिकाले बताएको छ ।

आउन जानै मुस्किल भएको र गौमुलको सिंगो गाउँपालिका नै सदरमुकामसँग सम्पर्क बाहिर हुने अवस्था आएपछि पक्की पुल नबनेसम्मका लागि काठेसाँघु निर्माण गरिएको पालिका प्रमुख अमर खड्काले बताए ।

पछि निर्माण कम्पनीबाटै असुल्ने वा अर्को कुनै योजना मार्फत खर्च जुटाउने सर्तमा पालिकाले आफ्नै लागतमा साँघु निर्माण गरेको हो । पुल भत्काएर थालेको निर्माण गति देखेर स्थानीय खुसी भएका थिए । तर अन्तिममा आएर ठेकेदार नै फरार भएपछि त्यो खुसी निराशामा परिणत भएको छ । 

गौमुलको सिंगो पालिका, बडीमालिकाकै १, २ र ३ नम्बर वडाको प्रमुख सम्पर्क बाटो हो, ठुलीसाँघु पुल । त्यसैमा बडीमालिका नगरपालिका ९ सदरमुकाम रहेकै वडाको उखाडी, चौराटा टोलका स्थानीय पनि त्यही पुलको प्रयोग गरी आवत जावत गर्ने गरेका छन् । वाउली खोलामा असोजसम्म सहज वारपार गर्न सक्ने अवस्था हुँदैन। 

पुल निर्माणका लागि १६ करोड २१ लाखमा सम्झौता गरिएको थियो । महाकाली पुल योजना कार्यालयका अनुसार ठेकेदारलाई ६ पटक पत्राचार गर्दा पनि बेवास्ता गरेको देखिँदैन । प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याय सहित नगर प्रमुख र दलका नेताहरूले समेत ठेकेदारलाई सम्पर्क गरेका थिए । 

पुल निर्माणका लागि २०७७ फागुन १० गते भ्याटसहित डिकोवल बिल्डर्स प्रा.लि.का प्रमुख होमनाथ कोइरालाले सम्झौता गरेका थिए । पुल ३० मिटर लम्बाई र ११ मिटर चौडाइमा निर्माण गर्नु पर्ने सम्झौतामा उल्लेख छ । उक्त पुल निर्माण पछि तीन वटा स्थानीय तह र छिमेकी जिल्ला बझागसँग सडक सञ्जालमा जोडिने छ । 

वर्षेनी वर्षाद्को समयमा सास्ती खेप्दै आएका नागरिकहरू यो वर्ष थप समस्यामा परेका थिए । नागरिकलाई सास्ती भएपछि नगरपालिका माथि आलोचना बढेको थियो । स्थानीयले काठेपुल समेत निर्माण गर्न नसकेको आक्रोश पोखेका थिए ।

पालिकाले हप्ता दिन लगाएर काठेसाँघु तयार पारेर तत्कालका लागि सहज बनाएको छ । मोटरसाइकललाई समेत काठेसाँघु निर्माण पछि सहज भएको छ । 

पुल निर्माणको सम्झौता सकिन एक महिना बाँकी रहँदा गत माघमा काम सुरु गरे पनि अहिले ठेकदार सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले बताएका छन् ।

फलाम सहितको काठेपुल समेत भत्काएर ठेकेदारले पक्की पुल निर्माण कार्य सुरु गरे पनि अहिले काम अस्तव्यस्त भएको छ । भएको काठेपुल भत्काएर पुल निर्माण अलपत्र पारेपछि सकस भएको थियो ।

महाकाली पुल योजना महेन्द्रनगरले ३ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०८१ फागुन ९ गते निर्माण सम्पन्न गर्ने रहेको थियो । तर तिन वर्ष समय सक्दा पनि थोरै काम बाहेक केही काम हुन सकेको छैन ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ४ : २४ बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन