पारसले ऐतिहासिक शतक बनाउँदा नेपालको शानदार जित « Khabarhub

पारसले ऐतिहासिक शतक बनाउँदा नेपालको शानदार जित


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ ।

कप्तान पारस खड्काले विस्फोटक व्याटिङ गर्दै शतक प्रहार गरेसँगै नेपालले टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक बनाएको छ ।

पारस ५२ बलमा १०६ रन बनाउँदै अभिजत रहे । उनले ९ छक्का र ७ चौक प्रहार गरेका थिए ।

सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा लक्ष्य पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए ।

त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । पारस र आरिफले उत्कृष्ट साझेदारी गर्दै नेपालको जित पक्का गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : २० बजे

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता