मुस्ताङमा साइकल ट्रेल « Khabarhub

मुस्ताङमा साइकल ट्रेल


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका अनुसार रु २० लाख बजेटमा जोमसोम(धार्काजुङसम्मको करिब आठ किलोमिटर लम्बाइको साइकल ट्रेल निर्माण गरिएको हो ।

मुस्ताङको पर्यटन विकास, पर्यटन प्रवर्द्धनका साथै पर्यटकको बसाइँ लम्ब्याउनका लागि साइकल ट्रेल निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख प्रेम पौडेलले जानकारी दिए ।

साविकको पुरानो बाटोको स्तरोन्नति र नयाँ दुई किमी सडकमा ट्रयाक ओपन गरी ट्रेल निर्माण गरिएको हो । ट्रेल निर्माणका लागि सुक्खावाल, ग्याविन वालका साथै जोमसोम–धार्काजुङ ट्रेलमा दुई वटा फलामे पुल बनाइएको छ ।

साहसिक पर्वतीय हाइअल्टिच्युड साइकल ट्रेल निर्माणसँगै यहाँ साइक्लिङ गर्न आउने पर्यटकले जोमसोम–कागबेनी सडकमार्ग प्रयोग नगरी धार्काजुङ हुँदै मुस्ताङ–डोल्पासम्मको छोटो यात्रा गर्न सक्नेछन् ।

“समुन्द्री सतहको करिब चार हजारभन्दा माथिको उचाइमा रहेको ढल्केडाँडा छिचोल्दै साइकल ट्रेल गर्ने पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यता र पर्वतीय उच्च उचाइमा बेग्लै अनुभव गर्न सक्नेछन्”, पौडेलले भने ।

उनका अनसुार ढल्केडाँडा पुग्ने पर्यटकले उपल्लो मुस्ताङ, नेपाल–चीन सिमाना, तल्लो मुस्ताङ र मध्य मुस्ताङको विभिन्न क्षेत्रको दृष्यावलोकन गर्न सक्नेछन् । साइकल ट्रेलमा यात्रा गर्नेले ढल्केडाँडाबाट नीलगिरि र धौलागिरि हिमाल, कालीगण्डकी करिडोर, स्याउ बगैँचा र जोमसोलगायत बस्ती पनि हेर्न सक्नेछन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ९ : ४१ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र