जलवायु परिवर्तनले मानवीय अस्तित्वमा खतरा- मन्त्री ज्ञवाली « Khabarhub

जलवायु परिवर्तनले मानवीय अस्तित्वमा खतरा- मन्त्री ज्ञवाली


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शक्तिशाली राष्ट्रहरूको आर्थिक वृद्धि असामान्य ढङ्गले वृद्धि हुँदा कम विकसित देशलाई गहिरो असर पर्दै गएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट शुक्रबार सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल लगायतका कम विकसित, भूपरिवेष्टित र साना टापु राष्ट्रले आर्थिक असुरक्षा र असन्तुलन भोग्नु परिरहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

“विश्व आज एउटा चउरमा उभिएको छ र विश्वको सन्तुलन अतुलनीय ढङ्गले रूपान्तरण भइरहेको छ,” उनले भने, “धेरै समस्या हिजो पनि समाधान गर्न सकिएको थिएन र आज धेरै नयाँ चुनौती थपिइरहेका छन् ।” उनले विश्वमा अवसर र आम्दानी तथा प्रविधि र क्षमताको असमानता बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घमा ध्यानाकर्षण गराए ।

जलवायु परिवर्तनको खतरा हाम्रो जिम्मेवारीभन्दा माथि उक्लिइसकेको भन्दै मन्त्री ज्ञवालीले त्यसबाट उत्पन्न चुनौतीले पृथ्वीकै दिगोपना र मानवीय भविष्यको अस्तित्वमा खतरा उत्पन्न गराएको औँल्याए।

“अति गरिब र सबैभन्दा कमजोर देशहरू नै जलवायु परिवर्तनको उच्च प्रभावमा परेका छन्,” उनले भने, “तिनीहरूले नगन्य उत्सर्जन गरे पनि त्यस्ता नकारात्मक परिणामको सामना गरिरहेका छन्, जुन असमान, अन्यायपूर्ण र अनावश्यक छन् ।”

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ५९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक