संयुक्त राष्ट्र संघको महासभामा मोदीले भने– भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ « Khabarhub

संयुक्त राष्ट्र संघको महासभामा मोदीले भने– भारतले विश्वलाई युद्ध होइन बुद्ध दिएको छ


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई शान्तिको सन्देश दिएको बताउँदै युद्ध नभएर बुद्ध दिएको जनाएका छन् ।

संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका हुन् । झण्डै १७ मिनेट भाषण गरेका मोदीले पाकिस्तानको नाम नलिइ घुमाउरो पारामा पाकिस्तानमाथि कडा टिप्पणी गरेका थिए ।

आतंकवाद विश्वका लागि खतरा भएको भन्दै उनले आतंकवादविरुद्ध विश्वलाई सतर्क रहन आग्रह गरे । उनले आतंकवाद कुनै एक देशको समस्या मात्रै नभएर विश्वकै समस्या भएकाले सबै एकजुट भएर यसविरुद्ध लड्नुपर्ने बताए ।

उनले भारत सरकारले अघि सारेका विभिन्न योजनाहरुको पनि चर्चा गरेका थिए । प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका लागि भारतको भूमिका निकै कम भएको पनि बताए ।

उनले भने इतिहास र पर क्यापिटा इमिसन्सको नजरबाट हेर्ने हो भने ग्लोबल वार्मिङका लागि भारतको भूमिका एकदमै न्यून रहेको बताउँदै यो समस्या समाधानका लागि कदम उठाउनेहरुमध्ये भारत अग्रणी देश रहेको जानकारी दिएका थिए।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ०२ बजे

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल