एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु « Khabarhub

एकीकृत समाजवादीमा विलय हुँदै वामदेवले भने- चार वर्षपछि सपना पूरा भयो, धेरै खुसी छु


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शुक्रबार काठमाडौंमा भावुक सम्बोधन गर्दै आफ्नो चार वर्ष पुरानो प्रयास सार्थक बन्दै गएको बताएका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीसँगको एकीकरण घोषणासभालाई शुक्रबार सम्बोधनका क्रममा उनले विगतका संघर्ष र भविष्यका आकांक्षाहरूको चर्चा गरे।

गौतमले भने, ‘अलिअलि मात्रै होइन, आज म धेरै खुसी भएको छु। किनभने नेकपा एकीकृत समाजवादीमा एकीकृत हुन आजभन्दा चार वर्षअगाडि यात्रा सुरू गरेको थिएँ, आज त्यो सपना पूरा हुँदैछ।’

गौतमले सम्बोधनका क्रममा आफूले ७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको झन्डा समातेको बताए । ‘७ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको झण्डा समातेको थिएँ, अहिले ७७ वर्षको भएँ’, उनले भने, ‘२ कक्षामा पढ्दा कम्युनिस्टको झण्डा फहराएको थिएँ।’

उनले आफू एसएलसी पनि बल्लतल्ल थर्ड डिभिजनमा पास गरेको बताउँदै १९/२० वर्ष भूमिगत रहेर पार्टीका लागि काम गरेर धेरै हन्डर र ठक्कर खेपेको बताए ।

‘म सय वर्ष बाँच्नुपर्छ भन्ने लागेको छ, त्यसभन्दा बढी बाँच्न आवश्यक पनि छैन’, उनले भने, ‘मैले दुईवटा संकल्प जीवनमा गरेको थिएँ—एक, राजतन्त्रको अन्त्य; अर्को, विभाजित कम्युनिस्ट आन्दोलनलाई एक बनाउने। २०७५ सालमा बनेको नेकपाले मलाई समाजवाद नजिक पुगेको अनुभूति दिएको थियो, तर त्यो सपना पूरा हुन सकेन।’

गौतमले नेकपा (एमाले) र माओवादी केन्द्रबीच २०७५ मा भएको एकताको स्मरण गर्दै त्यसबेला आफू अत्यन्त खुसी भएको बताए। तर, त्यो एकता टिक्न नसकेर भत्किएकोप्रति उनले दुख व्यक्त गरे।

उनले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई उनले विगतका गल्ती सुधार गर्ने अवसरको रूपमा लिएका छन्।

गौतमले भने, ‘अब हामी समाजवाद निर्माणको यात्रा पुनः सुरु गर्दैछौं। यो मेरो जीवनको दोस्रो अवसर हो, र म यसलाई पूर्ण सफल बनाउन चाहन्छु।’

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ०२ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ