एमाले पोलिटब्युरो बैठक, सचिवालयका प्रस्ताव छलफलपछि अनुमोदन गरिँदै « Khabarhub

एमाले पोलिटब्युरो बैठक, सचिवालयका प्रस्ताव छलफलपछि अनुमोदन गरिँदै


२ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को पोलिटब्युरो बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेदेखि सुरू भएको हो । यसअघि बैठक ११ बजे बस्ने तयारी थियो ।

यो बैठकले बिहीबार मध्यरातिसम्म बसेको सचिवालय बैठकका निर्णयहरूमाथि छलफल र अनुमोदन गर्ने तयारी छ ।

सचिवालय बैठकले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ जना बनाउने प्रस्ताव पारित गरेको छ । ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था पनि हटाएको छ। बैठकले सचिवालयको अवधारणा हटाएर १५ जना पदाधिकारीलाई स्थायी कमिटीमा परिणत गरेको छ ।

एमालेले ११ औँ महाधिवेशनदेखि केन्द्रीय निकायका रूपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव लाने भएको छ । एमालेले वरिष्ठ उपाध्यक्ष पद पनि हटाउने प्रस्ताव अघि बढाइसकेको छ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ४ : ०४ बजे

अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ

तेहरान- इरानका सर्वोच्च नेता आयातोल्लाह मोजतबा खामेनीले बिहीबार एक लिखित

वैशाखे पूर्णे मेला भर्न हिँडेका यात्रु सवार जीप जब भीरमा खस्यो

दाङ- रोल्पामा बिहीबार एउटा जीप दुर्घटना हुँदा १८ जनाको मृत्यु

दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ सुरु

काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट

भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दाका प्रतिवादी नेपाली कांग्रेसका नेता एवम्

ड्रोनबाट यस्तो देखियो बालाजु स्थित सुकुम्वासी बस्ती (तस्बिरहरू)

काठमाडौं– बालाजुस्थित सुकुम्वासी बस्ती खाली गरिँदै छ ।  सरकारले भोलि