रवि मोहनले दायर गरे निर्माता कम्पनीविरुद्ध ९ करोडको मुद्दा   « Khabarhub

रवि मोहनले दायर गरे निर्माता कम्पनीविरुद्ध ९ करोडको मुद्दा  


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउथ फिल्मका चर्चित अभिनेता रवि मोहनले बिहीबार निर्माता कम्पनी ‘बोबी टच गोल्ड युनिभर्सल प्राइभेट लिमिटेड’ विरुद्ध ९ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मानहानिको मुद्दा दायर गरेका छन् ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, अभिनेता रवि मोहनले कम्पनीलाई ८० दिनका लागि आफ्नो समय (कल्लसिट) दिएका थिए, जसको आधारमा दुईवटा चलचित्रको छायाङ्कन सुरु हुने अपेक्षा गरिएको थियो । उनले सन् २०२५ को जनवरीदेखि मार्चसम्म अन्य कुनै फिल्म नगरी यी प्रोजेक्टमा मात्र समय दिने सम्झौता गरेका थिए ।

तर निर्माता कम्पनीले निर्धारित समयमा फिल्म सुरु नै नगरेपछि, अभिनेता रविले आर्थिक र करिअरको क्षति भएको भन्दै बिहीबार अदालतमा मुद्दा हालेका हुन् ।

रिपोर्टअनुसार, उक्त सम्झौता एक निश्चित समयपछि स्वतः समाप्त हुने व्यवस्था थियो । त्यसैले अभिनेता रविले नयाँ फिल्म ‘परासक्ति’मा साइन गरेका थिए ।

यसपछि जुलाईको पहिलो हप्ता निर्माता कम्पनीले अभिनेता रविलाई पहिले दिइएको अग्रिम रकम ६ करोड रुपैयाँ फिर्ता गर्न नोटिस पठायो र सम्झौता उल्लङ्घन गरेको आरोप पनि लगायो । रवि मोहनले भने उक्त अग्रिम रकम फिर्ता गर्न आफू तयार रहेको बताएका छन् ।

यो विषयमा मद्रास उच्च अदालतले निर्माता कम्पनीलाई २३ जुलाई २०२५ भित्र औपचारिक जवाफ दिन आदेश दिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ४५ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको