काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ « Khabarhub

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका–६ टिकाजा घर भई पोखरा बस्दै आएका सन्तोष पौडेल र दीपेन्द्र पौडेलले फेदीखोला गाउँपालिका–४ ठूलाखेतमा व्यावसायिक रूपमा काँक्रोखेती सुरु गरेका हुन् ।

ठूलाखेतमा नौ रोपनी जग्गा भाडामा लिएर आफूहरूले व्यवसाय थालेको व्यवसायी सन्तोष पौडेलले बताए ।

कृषिबाटै राम्रो आम्दानी गर्न सकिने देखेपछि संस्थागत विद्यालयमा माध्यमिक तहको शिक्षकको जागीरलाई चटक्कै छाडेर सन्तोष व्यावसायिक रूपमा कृषिखेतीमा होमिएका हुन् ।

‘यसपटक नौ रोपनी जमिन सबैमा काँक्रोमात्रै लगाएका छौँ’, उनले भने, ‘काँक्रोको उत्पादन लिन सुरू गरेका छौँ ।’ यहाँ उत्पादन भएको काँक्रो अहिले स्थानीय बजार तथा सिद्धार्थ राजमार्गको छेउछाउका पसलबाट सहजै बिक्री हुने गरेको छ ।

यहाँ उत्पादन भएको काक्रो खरिदका लागि स्थानीय व्यापारीहरू खेतमै आएर लैजाने गरेका छन् । स्थानीय बजारमा उत्पादित काँक्रो बिक्री भइरहेकाले अन्यत्र लैजान नपरेको उनको भनाइ छ ।

अहिले कर्मा, किङसार र स्टारविजजस्ता तीन वटा हाइब्रिड जातका काँक्रो लगाइएको छ । यसपटक लगाएको काँक्रोको उत्पादन लिइसकेपछि दोस्रो चरणमा सबै जमिनमा अर्को बाली लगाउने र बर्षैभरी जमिन खाली नराख्ने योजनामा रहेको उनले बताए । अरु बेला दुई दाजुभाइले सँगसँगै काम गर्ने र आवश्यक पर्दा कामदार लगाउने गरेका छन् ।

काँक्रो लगाउनका लागि हालसम्म मलखाद, मल्चिङ प्लास्टिक, तार, जाली, कामदार ज्याला, औषधि उपचार, उपकरणलगायतमा दुई लाख खर्च भएको पौडेलले बताए । ‘ठूलो परिमाणमा व्यावसायिक काँक्रोखेती गरिएकाले १०० दिनमा ३० टन काँक्रो उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेको छ’, उनले भने, ‘बजार भाउ यकिन हुँदैन अहिले प्रतिकेजी ६०–७५ रुपैयाँका दरले बिक्री भइरहेको छ, मूल्य स्थिर नभई घटबढ हुनसक्छ ।’

सोही ठाउँमा तीन हजार कुखुरापालनका लागि आधुनिक फर्म निर्माण कार्य भइरहेको छ । अब छिट्टै व्यावसायिक सागसब्जीसँगै व्यावसायिक कुखुरापालनलाई पनि अगाडि बढाउने तयारी भइरहेको उनले बताए ।

प्रेरणादायी युवा उद्यमशीलता देख्दा हर्ष लागेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘फेदीखोला गाउँपालिकाले न्यूनतम समर्थन मूल्यको व्यवस्थापन गर्दै उत्पादनमा आधारित अनुदान उपलब्ध गराउँछ’, उनले भने, ‘आवश्यक प्राविधिक सहयोगमार्फत यस्ता व्यावसायिक प्रयासलाई साथ दिन पालिका कटिबद्ध छ, उत्पादनमूलक अर्थतन्त्रतर्फको यात्रामा हामीसँगै छौँ ।’ (रासस)

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : २० बजे

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता