तेलुगु फिल्मका हास्य कलाकार फिश वेङ्कटको निधन | Khabarhub Khabarhub

तेलुगु फिल्मका हास्य कलाकार फिश वेङ्कटको निधन


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेलुगु फिल्म क्षेत्रका चर्चित हास्य अभिनेता फिश वेङ्कटको निधन भएको छ । वास्तविक नाम वेङ्कट राज रहेका उनको ५३ वर्षको उमेरमा शुक्रबार हैदराबादस्थित एक अस्पतालमा निधन भएको हो ।

मिर्गौलासम्बन्धी गम्भीर स्वास्थ्य जटिलताका कारण उनलाई केही दिनअघि आर्इसीयूमा भर्ना गरिएको थियो । भेन्टिलेटर र डायलसिसमार्फत उपचार हुँदै गर्दा पनि उनको अवस्था लगातार बिग्रँदै गयो ।

पछिल्लो केही महिनादेखि मिर्गौला रोगसम्बन्धी समस्याबाट पीडित रहेका वेङ्कटकका लागि किड्नी ट्रान्सप्लान्ट अत्यावश्यक रहेको चिकित्सकहरूले बताएका थिए । तर, करिब ५० लाख रुपैयाँ खर्च लाग्ने उक्त शल्यक्रियाका लागि उनको परिवारले सार्वजनिक सहयोगको आह्वान गर्नुपरेको थियो ।

उनकी छोरी श्रावन्तीले सार्वजनिक रूपमा सहयोगको याचना गरेपछि केही भ्रमपूर्ण समाचारहरूले अभिनेता प्रभासले सहयोग गरेका छन् भन्ने दाबी गरे । यद्यपि, परिवारले त्यसलाई ठगीको प्रयास भएको र कुनै सहयोग प्राप्त नभएको स्पष्ट पारेका छन् ।

यसबीच, पवन कल्याणले २ लाख रुपैयाँ, विश्वक सेन र तेलंगाना राज्यका एक मन्त्रीले आर्थिक सहयोग गरे पनि समयमै मिर्गौला उपलब्ध नहुँदा उनको असामयिक निधनको मुख्य कारण बन्यो।

फिल्मी करियरमा १०० भन्दा बढी तेलुगु चलचित्रहरूमा अभिनय गरेका वेङ्कट, स्वर्गीय निर्देशक दासारी नारायण रावद्वारा निर्देशित चलचित्र सम्मक्का सरक्काबाट तेलुगु फिल्म उद्योगमा प्रवेश गरेका थिए ।

‘खुशी’, ‘बन्नी’, ‘अधुरस’, ‘गब्बर सिंह’, ‘डिजे टिल्लु’, ‘स्लम डग हजबन्ड’, र ‘कफी विथ अ किलर’ जस्ता चर्चित चलचित्रहरूमा उनको हास्य अभिनयले दर्शकको मन जितेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : २२ बजे

के थियो अफताब आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्युु भएको छ कात्तिक

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर