भारत–पाक संघर्षमा पाँच लडाकु विमान खसालिएको थियो : ट्रम्प  « Khabarhub

भारत–पाक संघर्षमा पाँच लडाकु विमान खसालिएको थियो : ट्रम्प 


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीचको पछिल्लो संघर्षका दौरान पाँचवटा लडाकु विमान खसालिएको दाबी गरेका छन् । शुक्रबार ह्वाइट हाउसमा रिपब्लिकन सांसदहरूसँगको कुराकानीका क्रममा उक्त दाबी गरेका हुन् । 

तर, ट्रम्पले कुन देशका कति लडाकु विमानमा क्षति पुग्यो भन्ने बारे विस्तृत केही नखुलाएको बीबीसीले जनाएको छ । यसअघि पाकिस्तानलेसमेत भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको थियो । 

भारतले भने पाकिस्तानको उक्त दाबीलाई खारेज गरेको थियो । गत मे महिनाको अन्तिमतिर भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले पाकिस्तानका तर्फबाट विमानमाथि पुर्याइएको भनिएको क्षतिको दाबीलाई अस्वीकार गरेका थिए । 

अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानलाई व्यापार रोक्ने चेतावनी दिएपछि दुबै देश संघषविराम गर्न तयार भएका पनि बताएको बीबीसीले जनाएको छ । मे महिनाको सुरुवातमा भारत–पाकिस्तानबीच सैन्य संघर्ष चलिरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेका थिए । 

अमेरिकाले सोही कुराकानीलाई संघर्षविरामका लागि गरिएको प्रयासका रुपमा चित्रण गरेको थियो । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’मा सङ्घर्षविरामको घोषणा गरेका थिए । 

चालु जुलाई महिनाको सुरुवातमा भारतीय विदेशमन्त्री एस जयशंकरले एक अन्तर्वार्तामा पाकिस्तानसँगको सङ्घर्षविराम पूर्णतया द्विपक्षीय भएको प्रतिक्रिया दिएका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : २९ बजे

के छ स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा उफ्रिन्छन्? लियोनेल

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना