विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी | Khabarhub Khabarhub

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व भेटेरिनरी एसोसिएसनको सन् २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ ।

एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाएका हुन् ।

डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी भएका हुन् । महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग आग्रह गरे ।

साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि कार्यक्रम आयोजना गर्न नेपाल तयार रहेको उल्लेख गर्दै डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्य हुने विश्वास व्यक्त गरे ।

डा. श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिव हुन् । यही जुलाई १८ मा भएको उक्त महासभामा ९० देशबाट १२० जनाको सहभागिता भएको थियो । नेपाललगायत अन्य चार राष्ट्रबाट उक्त महासभामा सम्बोधन भएको थियो ।

महासभामा डा. श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरूसँग भेट गरी भेटेरिनरी क्षेत्रका समस्या र एवं अवसरका विषयमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विश्व भेटेरिनरी एसोसिएसनको आगामी महासभा जापानको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ देखि विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो । (रासस)

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १२ : ४१ बजे

जापानमा दक्षिणपन्थी दलको प्रभाव बढ्दो

काठमाडौं – जापानमा अति दक्षिणपन्थीको प्रभाव बढेको छ। जापानको माथिल्लो

साफ यु-२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्ने, विजेताको टुङ्गो लाग्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज (सोमबार)

रावण केन्द्रित फिल्म ‘रामायण’ घोषणाः रामको रूपमा सूर्य, सीताको रूपमा आलिया

काठमाडौं – धार्मिक पौराणिक कथा ‘रामायण’ फेरि एकपटक चर्चामा आएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, प्रत्येक सदस्यलाई बोल्न तीन मिनेटको समय

काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज (सोमबार) बस्दैछ ।

युक्रेनको ड्रोन आक्रमणले मस्को विमानस्थल बन्द

मस्को – युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोको धेरै विमानस्थलअस्थायी रूपमा