काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न | Khabarhub Khabarhub

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

१४,१७३ वद्यार्थी सहभागी, आइतबारसम्म नतिजा प्रकाशन हुने


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा आज शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

परीक्षा बिहान ८ देखि १०  बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो। महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए। तीमध्ये १४,१७३ विद्यार्थीले आजको परीक्षामा सहभागिता जनाएका थिए ।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए। गलत उत्तरका लागि नकारात्मक अंकन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक रहेको शिक्षा विभागले जनाएको छ।
 

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ०२ बजे

युक्रेनको ड्रोन आक्रमणले मस्को विमानस्थल बन्द

मस्को – युक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोको धेरै विमानस्थलअस्थायी रूपमा

टोखाको सार्वजनिक पार्क भत्काएको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका– ७ मा रहेको सार्वजनिक पार्कमा तोडफोड

चतरा मालमेनेजरी गुठीको १६ सय बिघा जग्गा कहाँ छ ? पर्व चलाउनै धौधौ

काठमाडौं– कोशी नदी पहिले पूर्वामिमुखी भएर बग्दथिन् । प्राचीन कालको

काठमाडौंको तारकेस्वरस्थित पिपलडाँडामा एक महिला झुण्डिएको अवस्थामा फेला

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–८ पिपलडाँडा खेल मैदानको बारमा एक महिला

साउनको पहिलो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड (तस्बिरहरू) 

काठमाडौं– आज साउन महिनाको पहिलो सोमबार । काठमाडौंको पशुपतिनाथलगायत देशभरका